अब देशले नेतृत्व फेर्नु पर्छ
यज्ञप्रसाद भट्टराई
असार ३०, २०७९ बिहिबार १७:९:१३
देश अत्यन्तै नाजुक आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । देश विकासको गतिमा भन्दा अधोगतिमा अग्रसर हुनुमा कहाँ कहाँ कसकसको हात छ ? भनेर खोजीनीति गर्ने संयन्त्र निर्माण गर्नेतर्फ हामी कसैको पनि ध्यान जान सकेको छैन या यसको आवश्यकता नै महशुश गरिएको छैन ।
अहिले देश यस्तो अवस्थामा छ कि अब नागरिकहरु भन्न थालिसकेका छन् अब हुन बाँकी नै के रहेको छ र ? बिगतमा नेपाली जनताको पक्षमा काम गर्न र देश विकासको मूल फुटाउन भनी जन्मिएका दलहरुका ठालुहरुको अहिलेको कार्यशैली हेर्दा लाग्छ, नेपाली जनताले नारायणहिटी खाली गराउनु गलत रहेछ भन्ने कुरा । तर नारायणहिटीमा बसुन या नागार्जुनमा राजा त राजा हुन नि, राजालाई देश र जनताको यस्तो दुर्दशा हुँदा समेत किन बोल्दैनन ? जनताले गुहार माग्दा म छु नि भनेर राजाले बोल्नु पर्दैन ? जनता रुँदा हाँस्ने नेता ठिकै हो तर जनताले राजा नागार्जुनमा पाल टाँगेर बस्ने मात्रै हो ? ज्ञानेन्द्र शाहको पनि आत्मा पोल्नु पर्दैन ? भन्ने कुरा जनताले विचार गरिरहेका छन् ।
देशले अब यही नेतृत्वबाट परिवर्तनको आशा गर्न छोडिसकेको छ । देशका लागि म एकजना मर्न तयार छु तर मेरो मृत्यूले करोडाैं नेपाली जनताले शान्तिपूर्ण तवरले बाँच्न पाउनु पर्छ । देशमा जनताको सरकार छ भन्ने बिश्वास जनताले अनूभूति गर्न पाउनु पर्छ । सधैं भ्रष्टको गोठालो भएर अझै कति दिन नेपाली जनताले अभाव र अन्याय सहदै चौकीदार बनेर बाँचिदिनु पर्ने ? हे पशुपतिनाथ ! अब त अत्ति भो । तिम्रो तेश्रो नेत्र खुल्नु पर्ने हैन र ?
अब नेपाली जनता जागरुक बन्नु पर्छ । म भ्रष्टाचारीलाई भोट हाल्दिन भन्न सक्नुपर्छ । बरु म यो देशका लागि मर्न तयार छु तर देश लुटेरा नरपिसाचहरुको भ्रष्टाचार र कालाकर्तुतहरुको भण्डाफोर गरेरै छोडछु भन्न सक्नुपर्छ । खै कहाँ छ मेरो देश ? म आफै अत्यन्तै राम्रो र सुन्दर देश बनाउछु भन्ने सकारात्मक सोच भएको ठेकेदार ?? कही कतै देख्नु र भेटनु भएको छ ? म नागरिकहरुको निःशुल्क उपचार गराउँछु भन्ने डाक्टर ?? किन दत्तचित्त भएर मेरो बिद्यार्थी राम्रोसँग पढाएर योग्य देशप्रेमी नागरिक बनाउँछु भन्ने मास्टर ?? कही कतै पनि अलिकति देशप्रेम भएको ब्यक्ति नभेटाउनु देशकै लागि दुर्भाग्यको बिषय हो ।
के दलीय ब्यवस्था भनेको दलको नेताले जेसीभी र स्काभेटर किनेर बाटो बनाउन ठेक्का पार्न गुण्डा पाल्ने ब्यवस्था हो ? के राष्ट्रको सम्पत्तिको साँचो लिएर बसेका घरभेटी बाहरु नै किन देशको सम्पत्ति खर्च गरेर चोर रुंघ्न राखिएका सीसीटीभीहरुनै लुकाएर भकारी भरी पैसा सोहोर्न मात्रै लागि परिरहेका देखिन्छन् ? के अब देशमा कुनै पनि उद्योगधन्धा कलकारखानाहरु नखोल्ने निर्णयमा पुगिसकेको हो नेपालको सरकार ? के अब स्वतन्त्र नेपाली नागरिकहरुले मेरो देश बनाउँछु र देशको सेवा गर्छु भन्ने दिन सकिएको हो ? नेपाली जनताले नेताका यस्तै हर्कतहरु बारम्बार स्विकार गर्दाको परिणाम हैन र आजको बर्तमान नेपाल ?
म त बोले, अब तपाई पनि बोल्नु पर्छ, सिंगो मुलुक एकै आवाजमा बोल्नु पर्छ । अब भ्रष्टचारी नेताहरुको फायलहरु एक एक गरेर खोल्नुपर्छ । मलाई विश्वास छ दलका झोलेहरु बोल्दैनन्, मोहिको पखालेसम्म खान पाएका नेताका भरौटेहरुले मुख खोल्दैनन् देशद्रोही र देशप्रति अन्याय गरेका गद्दारहरु बोल्दैनन् त के भो ? नबोलुन, तर म बोल्छु भन्ने साहस राख्ने सच्चा देशभक्त सपूत चाहिएको छ ।
मलाई अरु केही चाहिएको छैन । मर्दा पुर्न पुग्ने ६ फिट नेपाली जमिन चाहिएको छ । विदेशीले नाङ्गो परेड खेल्दा डटेर सामना गर्न सक्ने जिउँदा नेपाली सपूत चाहिएको छ । दलका ३० औं बर्षका हर्कतहरु हेरिसकेपछि पनि अहिलेकै दलका डेटएक्सपायर नेताहरुबाट देश बन्दैन भन्ने थाहा पाईसकेपछि पनि तिनै दलको झण्डा उचालेर जिन्दावाद भन्नेहरु प्रति मेरो घोर र तिरस्कार घृणा छ । मैले बोकेको दलको झण्डालाई पितृप्रसाद मानेर छातीमा सजाउँदा त्यही दलका नेताले मैले बोकेको दलको झण्डाको श्राद्ध गरिसकेपछि अब फेरी ब्यूँझिएर या बौरिएर उठला भन्ने हाम्रो आशावादितालाई अब हामीले बिर्सनु पर्छ ।
सुधार्न खोजिएको हो दल र तिनका नेताहरुलाई तर नसकिएपछि अब देशको नेतृत्व फेर्नुपर्छ । यसका लागि म तयार छु, तपाई अनि सम्पूर्ण देशबासी तैयार हुनुपर्छ । एकदिन मर्ने नै चोला हो भ्रष्ट र दलाल देश र जनता बेचुवाका बिरुद्धमा बोल्दा मरिएछ भने हाँसीहाँसी मर्न सक्नुपर्छ ।
अब हर्क, बालेन, रवि जस्ता हजारौं सक्षम र देश बनाउने योजना भएका शिक्षित युवाहरुले यो देश फटाहाहरुको राजमा लाचार भएर नतमष्तक भएर हिडनु भन्दा छाती खोलेर प्रतिकार र बहिष्कार गर्न सक्नुपर्छ । आगामी निर्वाचनमा पनि हामीले देश बेचुवा र राज्यकोषको चरम दोहनकर्ताहरुलाई एकएक गरेर चिन्न सक्नुपर्छ । यदि यो निर्वाचनमा पनि हामीले सदासयता देखाउँदै फेरी तिनै भ्रष्टचारीहरुलाई काखी च्याप्यौ भने अबको ५ बर्ष पछि यो देशमा युवाहरुको अपुताली परी बाबु र छोराछोरीको कहिल्यै पनि भेट नहुन सक्छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपजनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
वाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार