बुटवल–नारायणगढ सडक निर्माणको म्याद सकियो, काम अधुरै
नेपालबहस संवाददाता
असार २९, २०७९ बुधबार १४:५८:४२
२९ असार, बुटवल । बुटवल–नारायणगढ सडक निर्माणको ठेक्का अवधि सकिन एक महिना मात्र बाँकी छ । तर निर्माणको भौतिक प्रगति भने १९ प्रतिशत मात्रै छ । सडकको वित्तीय प्रगति भने १० प्रतिशत छ ।
यो सडक निर्माणको ठेक्का चाइना स्टेट इन्जिनियर कर्पोरेशनले लिएको थियो । साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि निर्माणको ४१ महिना बितिसक्दा १९ प्रतिशत मात्रै काम भएको हो ।
बुटवल–नारायणगढ सडकको लम्बाई ११४ किलोमिटर छ । साढे तीन वर्षमा १९ प्रतिशत काम भएको हुँदा सडक निर्माण सम्पन्न हुन करिव १५ वर्ष लाग्ने देखिएको छ ।
दैनिक सानाठूला गरी १० हजार सवारीसाधन ओहोरदोहोर गर्ने यो सडक निर्माणमा ढिलाई हुँदा सडक आसपासका बासिन्दा प्रभावित भएका छन् । त्यस्तै यो सडक खण्ड भएर ओहोर दोहोर गर्ने यात्रीहरुले पनि सास्ती भएका छन् ।
सामान्य अवस्थामा बुटवल–नारायणगढ यात्रा गर्न साढे दुई घण्टा लाग्ने गरेकोमा अहिले ५–७ घण्टा लाग्ने गरेको एमाले नवलपरासीका सांसद तिलक महतले बताए । आफूले यसबारे बारम्बार संसदमा ध्यानाकर्षण गराएको भएपनि निर्माणको कामले गति लिन नसकेको गुनासो गरे ।
सडक आयोजनाले भने कोरोना महामारी, ‘साइट क्लियर’ र रूख कटानमा ढिलाइ हुँदा सडक बिस्तारको काम समयमै हुन नसकेको दावी गरेको छ । जंगल क्षेत्रमा चारलेन र बस्तीमा ६ लेन सडक बिस्तार गर्ने गरी २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा यसको शिलान्यास गरेका थिए ।
तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले यो सडक बिस्तारको योजना ल्याउँदै बजेट छुट्टयाएका थिए । २०७९ साउन २२ गतेभित्र निर्माण पूरा गर्ने गरी सडक विस्तारको काम थालेको कम्पनीले निर्माण सम्पन्न गर्ने म्याद एक वर्ष थप गरेको छ । सडक विस्तारका लागि १६ अर्ब ९९ करोड ५२ लाख रूपियाँमा ठेक्का सम्झौता भएको हो । बुटवल–दाउन्ने र दाउन्ने–गैंडाकोट गरी दुई खण्डमा विभाजन गरेर सडकको काम थालिएको छ ।
बुटवल–दाउन्ने पश्चिम खण्डअन्तर्गत पर्ने ४८ किलोमिटरको २० प्रतिशत काम भएको आयोजनाका परामर्शदाता सुशन श्रेष्ठले जानकारी दिए । उनका अनुसार दाउन्ने–गैंडाकोट खण्ड ६५ किलोमिटर सडकको १८ प्रतिशत भौतिक प्रगति भएको छ । पश्चिम खण्डमा हालसम्म झण्डै ८५ वटा कल्भर्ट निर्माण भएका छन् भने ५० कल्भर्टका अधिकांश काम सकिएको छ । सडकमा २४० कल्भर्ट निर्माण गर्नुपर्नेछ ।
दाउन्ने पश्चिमतर्फ नौ वटा ठूला मोटरेबल पुल बनाउनुपर्नेमा तीन वटा निर्माण पूरा भएका छन् भने तीन वटा पुल सम्पन्न हुने चरणमा पुगेका छन् । सडक खण्डमा ११ हजार मिटर नाली बनेको छ भने माटो भर्ने काम १३ हजार मिटर क्षेत्रमा गरिएको छ । सडकको कूल लागतमध्ये एसियाली विकास बैंकले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराएको छ भने बाँकी रकम नेपाल सरकारकै लगानी हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार