मुगुमा चौरी पालनले स्थानीयको आयआर्जन बढ्याे

नेपालबहस संवाददाता
असार २९, २०७९ बुधबार २०:२८:४९

२९ असार, मुगु । मुगुको पूर्वी भेगको मुगुमकार्मारोङ्ग गाउँपालिकामा पछिल्लो समय चौंरी पालन फस्टाउन थालेको छ । केही समयअघि गाउँबाटै हराउने अवस्थामा पुगेको चौरी पालनमा अहिले भने स्थानीयले रूची देखाउँन थालेका छन् ।
कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयअन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पशु अस्पताल तथा पशुसेवा कार्यालय मुगुको आर्थिक सहयोग पाएपछि चौंरी पालन फस्टाउदै गएको हो ।
मुगमकामारोङ्ग गाँउपालिका-५ दाउरागाँउमा ‘एक निर्वाचन क्षेत्र, एक पकेट क्षेत्र’ कार्यक्रमअन्तर्गत हिमाली रिसर्च स्टोर फर एग्रिकल्चर एण्ड हब्स प्राइभेट लिमिटेडले चौरी पालन व्यवसाय सञ्चालमा सहयोग गरिरहेको छ ।
चौरीपालनबाट स्थानीयको आयआर्जन मात्रै बढेको छैन्, दूध, उन, मासु, छुर्पी उत्पादन लगायतमा समेत सहयोग पुगेको छ । चौंरी पालन फर्म जिल्ला पशु सेवा कार्यालयबाट ५० प्रतिशत र ५० प्रतिशत निजी लगानीमा तीन वर्षअघि सञ्चालनमा आएको हो ।
अहिले यस फर्ममा ४३ वटा चौरी छन् । चौरी फर्म सञ्चालक गुरु स्याङ्ग्या लामाका अनुसार नौ महिना हिमालको हावापानीमा पालिन्छ भने बाँकी तीन महिना बेँसीतिर पाल्ने गरिन्छ ।
बेँसीमा भने चौंरीलाई औंल लाग्ने उनले बताए । लेकमा पाल्दा पनि दाना, घाँस, नुनलगायतको समस्या हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा
फागुन ८, २०८१ बिहिबार
जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
फागुन १५, २०८१ बिहिबार
राराको होटेलमा आगलागी, चार भवन जलेर नष्ट
फागुन १५, २०८१ बिहिबार
ओलाङचुगोलामा बुनेको गलैँचाको माग उच्च
फागुन १५, २०८१ बिहिबार
वनगाउँका एकसय घर तरकारी खेतीमा
फागुन १५, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १५, २०८१ बिहिबार
मुग्लिन-नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन
फागुन १५, २०८१ बिहिबार