सामाजिक विकास मन्त्रालयद्वारा धनगढी उपमहानगरलाई स्वास्थ्य उपकरण प्रदान
नेपालबहस संवाददाता
असार २९, २०७९ बुधबार २१:२८:२०
२९ असार, कैलाली । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले आज धनगढी उपमहानगरपालिकालाई स्वास्थ्य उपकरण प्रदान गरेको छ । उपमहानगरपालिकाका १९ वटै वडामा विशेषज्ञ चिकित्सक सहित वडा क्लिनिक सञ्चालन गर्न सामाजिक विकास मन्त्रालयले सो उपमहानगरपालिकालाई स्वास्थ्य उपकरण सहयोग गरेको हो ।
सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले नगरप्रमुख गोपाल हमाललाई एउटा अल्ट्रासाउन्ड मेसिन, रगत चेकजाँच गर्ने प्रोटटेबल ल्याब मेसिन र मुटुको जाँच गर्ने इसिजी मेशिन गरी रु साढे २५ लाख बराबरका उपकरण हस्तान्तरण गरे ।
हस्तान्तरण कार्यक्रममा मन्त्री बोहराले सामाजिक विकास मन्त्रालय हातेमालो गरी काम गर्न सदैव तत्पर रहेको बताए । नगर प्रमुख÷उपप्रमुखसँग सल्लाह गरेर मन्त्रालयले स्वास्थ्य शिविरका लागि सहयोग गर्ने उनको भनाइ छ ।
नगरप्रमुख हमालले यो कार्यक्रमलाई प्रभावकारी ढंगले प्राथमिकताका आधारमा अगाडि बढायाै भने जनतालाई प्रदेश र स्थानीय दुवै सरकारको अनुभूति हुने बताए । उपमहानगरपालिकाले १९ वटै वडामा विशेषज्ञ चिकित्सकसहितको वडा क्लिनिक संचालन गर्ने नीति लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार