भानु कपको उपाधि तनहुँ–११ लाई
नेपालबहस संवाददाता
असार ३०, २०७९ बिहिबार १६:५३:२४
३० असार , दमौली । दुई सय नवौँ भानु जयन्तीको अवसरमा आयोजित भानु कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि तनहुँ–११ ले जितेको छ । भन्सार युवा क्लबको आयोजनामा भानु नगरपालिका–१ मा सम्पन्न फाइनल खेलमा सिद्धगुफा युवा क्लबलाई पराजित गर्दै तनहुँ–११ ले १५औँ भानु कपको उपाधि चुमेको हो ।
सिद्धगुफा युवा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै तनहुँ–११ ले उपाधिसँगै रु दुई लाख, ट्रफी र मेडल प्राप्त ग¥यो । उपविजेता सिद्धगुफाले रु एक लाख, ट्रफी र मेडल पायो ।
फाइनल खेल हेर्न झण्डै पाँच हजार दर्शक आएका आयोजक क्लबका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा ३० समूह सहभागी थिए ।
फाइनल खेलको म्यान अफ दि म्याच सिद्धगुफाका सन्दीप थापा घोषित भए । प्रतियोगिताको सर्वाधिक गोलकर्ता तनहुँ–११ का दिपेश आले रहे । उनले प्रतियोगिताभर नौ गोल गरे ।
उत्कृष्ट गोलरक्षकको उपाधि तनहुँ–११ का प्रदीप भण्डारीले जिते भने अनुशासित क्लब मस्र्याङ्दी युवा क्लब गोरखा घोषित भयो । उत्कृष्ट खेलाडी तनहुँ–११ का रन्दीप पौडेल भए ।
प्रतियोगिताका विजेता टोली तथा खेलाडीहरुलाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले पुरस्कार प्रदान गरे ।
भानु जयन्तीकै अवसरमा क्लबले बिहीबार आयोजना गरेको छेलो हान्ने प्रतियोगिताको उपाधि रामकुमार श्रेष्ठले जिते । उनले रु पाँच हजार पुरस्कार प्राप्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता आजदेखि
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
मधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
तनहुँ महोत्सव सुरु, कृषि क्षेत्रको विकासमा उपप्रधानमन्त्री सिंहको जोड
पुष २५, २०८१ बिहिबार
कालीकोटमा निःशुल्क क्षयरोग परीक्षण शिविर
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
वायुसेवा निगमको व्यवसायिक योजना कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन
पुष २५, २०८१ बिहिबार
माटोका भाँडा बनाउने व्यवसायी समस्यामा
पुष २५, २०८१ बिहिबार