सट्टा भर्नाका लागि अर्को एम अधिकारी नभेटिएपछि एमालेलाई फसाद
केदार भट्टराई (काका)
असार ३०, २०७९ बिहिबार १८:९:२९
३० असार, काठमाडौं । पार्टीमा झण्डै १० लाख क्रियाशील कार्यकर्ता रहेको दावी गर्दै आएको नेकपा एमालेले एम अधिकारी नाम गरेको अर्को व्यक्ति सोही जिल्ला वा बसाइँ सरेको अवस्थामा पनि फेला पार्न नसकेपछि फसादमा परेको छ ।
एमालेको अर्थ तथा योजना विभागमा लामो समयदेखि एम अधिकारी सदस्य रहँदै आएको र उक्त व्यक्ति गभर्नर भएको चर्चा अहिले बजारमा चलिरहेको छ । एम अधिकारी र महाप्रसाद अधिकारी फरक भएको दावी गर्दै एमालेले सोही नामको व्यक्ति खोटाङ वा सो क्षेत्रबाट बसाइँ सरेर गएको भएपनि खोजी गर्न आन्तरिक अभियान चलाएको बताइएको छ ।
एमाले निकट स्रोतले दिएको जानकारी अनुसार खोजीका क्रममा एम अधिकारी नाम भएको व्यक्ति भोजपुर जिल्लाको पैँयापानी भन्ने ठाउँमा रहेको तर, उमेर समूह र जिल्ला नमिलेकाले भएन । खोटाङ जिल्लाकै हुनुपर्ने वा सो जिल्लाबाट अन्यत्र बसाइँ सरेको भएपनि हुने भन्दै खोजी गरिएको थियो, आजसम्म भेटिएको छैन् ।
एमालेको अर्थ तथा योजना विभागमा सदस्य रहेका एम अधिकारी नै अहिलेका गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै केही दिनदेखि विवाद सुरु भएपछि एमालेले एम अधिकारी र महाप्रसाद अधिकारीबीच कुनै सम्बन्ध नरहेको भन्दै प्रतिवाद गर्दै आएको थियो । तर, सो विभागमा विगतदेखि काम गरिरहेको भन्न मिल्ने र उमेर समूहसमेत मिल्ने खालको अर्को व्यक्ति सोही क्षेत्रमा पार्टीमा नभेटिएपछि एमाले फसादमा परेको हो ।
केही दिन अघि एमाले अध्यक्ष केपी ओलीले जारी गरेको अन्तरपार्टी निर्देशिकामा स्थायी कमिटी सदस्य घनश्याम भुसाल नेतृत्वको अर्थ तथा योजना विभागमा खोटाङका एम अधिकारीको नाम राखिएको छ । यही निर्देशिका बाहिरिएपछि यो रहस्य पनि बाहिरिएको हो ।
भुसालले समेत अन्तरपार्टी निर्देशिकामा नाम भएको व्यक्ति महाप्रसाद अधिकारी नभएको बताएका छन् । तर, अर्को नाम खोजेर भएपनि आफुलाई यो विवादबाट बचाउन कोसिसमा लागेको एमालेले भरपर्दो अर्को आधार दिन सकेको छैन् ।
एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नै हुन भन्ने अर्को गतिलो प्रमाण के पनि रहेको छ भने २०७३ मा सुरेन्द्र पाण्डे प्रमुख रहँदा उनी महाप्रसाद अधिकारीकै नामबाट एमालेको विभागको सदस्य थिए । यो सत्य बाहिरिएपछि एमाले मात्र हैन स्वयम गभर्नर महाप्रसाद अधिकारी समेत संकटमा परेका छन् ।
गत वैशाखमा सम्पन्न एमालेको केन्द्रीय सचिवालयले विभिन्न सांगठनिक निर्णय गरेको थियो । सोहीअनुसार भुसाल नेतृत्वको अर्थ तथा योजना विभागको सदस्यमा खोटाङका एम अधिकारीलाई पनि राखिएको छ ।
गत वैशाखमा केन्द्रीय सचिवालय बैठकले गरेका निर्णयबारे जानकारी दिन भन्दै एमालेले अन्तरपार्टी निर्देशन जारी गरेको हो । सोही निर्देशन बाहिरिएपछि अर्थ तथा योजना विभागमा रहेका एम अधिकारी भन्ने व्यक्ति राष्ट्र बैंकका गभर्नर अधिकारी नै हुन् भन्ने प्रश्नले नयाँ विवाद सिर्जना गरेको छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार