प्राकृतिक प्रकाेपबाट विस्थापितको स्थायी आवास पुनःनिर्माण कार्य सुरू
नेपालबहस संवाददाता
असार ३१, २०७९ शुक्रबार १६:४४:४३
३१ असार , सिन्धुपाल्चोक । मनसुनजन्य प्राकृतिक विपत्तिबाट घरवारविहीन भएका सिन्धुपाल्चोकका विस्थापित नागरिकको स्थायी आवास पुनःनिर्माण प्रक्रिया सुरु भएको छ ।
हालसम्म जिल्लाका १२ स्थानीय तहका विभिन्न स्थानमा बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिले घर गुमाएका एक हजार ४१ परिवार लाभग्राही कायम भएका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कानुसार सबैभन्दा बढी लाभग्राही हेलम्बु गाउँपालिकामा कायम भएका छन् । गत वर्षको मेलम्ची बाढीबाट हेलम्बुमा मात्रै ३९२ परिवार विस्थापित भएका थिए ।
लाभग्राही कायम भएकामध्ये हेलम्बुमा १८२, मेलम्ची नगरपालिका १५, बाहबिसे नगरपालिका ४०, भोटेकोशी गाउँपालिका १५, पाँचपोखरी थाङपाल गाउँपालिकाका दुई र बलेफी गाउँपालिकाका दुई परिवारको आवास पुनःनिर्माणका लागि सम्झौता भएको छ ।
पहिलो किस्तावापतको रकम निकासा गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले जानकारी दिए।
प्राकृतिक विपत्तिबाट विस्थापित नागरिकको स्थायी आवास पुनःनिर्माणको काम सुरु भए पनि जोखिमयुक्त बस्ती स्थानान्तरणको कामले भने अझै गति लिनसकेको छैन ।
पाँचपोखरी थाङ्पाल गाउँपालिकामा गत वर्ष याङ्ग्री र लार्केखोलामा आएको बाढीबाट प्रभावितको स्थानान्तरण प्रक्रिया सुरु भए पनि सुरक्षित स्थानमा जग्गाको व्यवस्थापन हुन नसक्दा कामले गति लिन नसकेको हो ।
गाउँपालिकाले याङ्ग्री, सुनचौर, माईखर्क, भाङच्युङ्ग र तिपेनीमा स्थायी बसोबास गर्ने बस्तीका बाढी प्रभावितलाई त्यस ठाउँबाट अन्यत्र स्थानान्तरण गर्न जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र पुनःनिर्माण प्राधिकरणमा पहल गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुग्यो
पुष २३, २०८१ मंगलबार
भुकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
पुष २३, २०८१ मंगलबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार