मानवअधिकार आयोग जुम्ला कार्यालय सार्ने तयारीको विरोध

नेपालबहस संवाददाता
असार ३१, २०७९ शुक्रबार १८:७:२

♦ दिलमाया शाही
३१ असार, जुम्ला । राष्ट्रिय मानवअधिकार आयोगले जुम्लास्थित खलंगामा रहेको आयोगको कार्यालय सार्ने तयारी गरेको छ । १५ वर्षदेखि कर्णालीको मानवअधिकारबारे तथ्यगत अध्ययन र रिपोर्टिङ गरिरहेको राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय सार्ने तयारी गरिएको हो । जुम्लाबाट कार्यालय सार्ने तयारीको विरोध र आलोचना भइरहेको छ ।
जुम्लालाई केन्द्र बनाएर कर्णालीको मानवअधिकारबारे वकालत गरिरहेको संस्थालाई प्रदेश राजधानीमा सार्ने र जुम्ला शाखाको अधिकार खुम्च्याउने तयारी पाँच वर्ष अघिदेखि नै भएको शाखा प्रमुख बुद्ध नारायण साहनीले बताए ।
‘जुम्ला, नेपालगन्ज र खोटाङमा रहेको कार्यालयलाई डाउनसाइज गर्ने र प्रदेशमा कार्यालय रहने सांगठनिक संरचना तयार पारिएको छ,’उनले भने, ’अहिले प्रदेश सरकारले आयोगको कार्यालयलाई महान्यायाधिवक्ताको कार्यालय रहेको घरमा कार्यालय राख्ने तयारी भइरहेको छ ।’
उनका अनुसार प्रदेश सकार सकारात्मक भएको हुनाले आयोगको कार्यालय व्यवस्थित गर्ने तयारी केन्द्रले गरेको छ । प्रदेश सरकारले आयोगलाई महान्यायाधिवक्ताको कार्यालय रहेको भवनका पाँचवटा कोठा उपलब्ध गराएको छ भने आयोगले दुई जना कर्मचारीसमेत खटाएको छ ।
हाल जुम्ला शाखामा आठ जना कर्मचारी छन् । तर, कार्यलय प्रदेशमा सारिएपछि यो कार्यालयको अधिकार साँघुरिने जुम्लीको मत छ । भइरहेको कार्यालय कुनै पनि हालतमा सार्नु उपयुक्त नहुने सांसद गजेन्द्रबहादुर महतको राय छ । कुनै पनि जिल्लामा स्थापना भएर काम गरिरहेका कार्यालयलाई अन्त सार्नु गलत हो,’ उनले भने, ’कर्णाली जस्तो कम विकसित र कम नागरिकले मात्रै शिक्षा पाएको ठाउँमा मानव अधिकार उल्लंघनका घटना बढी हुने हुँदा यो कार्यालय सार्नु हुँदैन ।’
निष्पक्ष रुपमा सरकारलाई समेत सचेत र सजग गराउने राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय सुर्खेत सार्दा अञ्चल प्रहरी कार्यालय र सीप विकास केन्द्र सारेजस्तै हुने जिल्ला समन्वय समितिका प्रमुख गौरिनन्द आचार्यले बताए ।
आयोगलाई घर भाडाका लागि समस्या हो भने जिल्ला समन्वय समितिमा कार्यालय स्थापना गर्ने भवन दिन हामी तयार छौं,’ उनले भने, ‘तर प्रदेश कार्यालय स्थापना गर्ने नाममा जुम्लाको काम, कर्तव्य र अधिकारहरू कटाउनु गलत कदम हो । यसको हामी खुलेर विरोध गर्नेछौँ ।’
जुम्लामा स्थापना भएर नजिकबाट मानवअधिकार उल्लघंन भए÷नभएको जति छिटो रिपोर्टहरू तयार हुन्थ्यो, त्यसरी सुर्खेत जाँदा नहुने नागरिक समाजका अध्यक्ष राजबहादुर मतले बताए ।
राष्ट्रिय मानवअधिकार आयोगका सचिव मुरारी खरेलका अनुसार भएको संरचना खुम्च्याउनु पर्ने बाध्यता आइलागेको छ । सरकारले आयोगका प्रदेश कार्यालय विस्तार गर्न भने पनि बजेट र जनशक्ति नदिँदा समस्या आएको उनको भनाइ छ ।
आयोगका अध्यक्ष तपबहादुर मगरका अनुसार संघ र कर्णाली प्रदेश सरकारले प्रदेश कार्यालयका लागि स्रोत जुटाईदिएमा जुम्ला कार्यालयको जनशक्ति र कार्यालय यथावत रहने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
जुम्लामा वर्षा र हिमपात, किसानलाई राहत
फागुन १७, २०८१ शनिबार
जुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा
फागुन ८, २०८१ बिहिबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा, अन्य विदेशी मुद्रा कति पुग्यो ?
फागुन १८, २०८१ आइतबार
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौंलाई
फागुन १७, २०८१ शनिबार
कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार