लिउसँगै आएकी चिनियाँ उच्च अधिकारी नेपालमै, पछिल्लो राजनीतिबारे रिपोर्ट तयार पार्दै
नेपालबहस संवाददाता
असार ३१, २०७९ शुक्रबार १८:२६:१०
३१ असार, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय समन्वय विभागका प्रमुख (मन्त्री) लिउ जियान्चाओसँगै नेपाल भ्रमणमा आएकी चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय समन्वय विभागकी सदस्य चेङ योउया नेपालमै बसेकी छिन् । नेपालमा क्रियशील कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुसँगको छलफल र भेटघाटपछि उनी केही दिन नेपालमै रहेकी हुन् ।
उनी विदेश विभागअन्तर्गत नेपाल मामिला कार्यालयमा कार्यरत छिन । कूटनीतिक स्रोतका अनुसार लिउको नेपाल भ्रमणका लागि उनले समन्वय गरेकी थिइन । त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषा अध्ययन गरेकी उनले लिउ तथा नेपाली शीर्ष नेताहरूको संवादको अनुवाद गरेकी थिइन । उनी नेपाली भाषामा दख्खल राख्छिन । उनी पाँच वर्षदेखि चिनियाँ कम्युनिस्ट पार्टी हेडक्वार्टरमा माथिल्लो ओहोदामा कार्यरत छिन् ।
लिउले नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप नगर्ने तर अरु कसैले हस्तक्षेप गरेमा मान्य नहुने भन्दै कूटनीतिक भाषामा अमेरिकी गतिविधि मान्य नहुने जनाउ दिएका थिए । लिउले नेपाली नेताहरुलाई स्टेट पाटर्नरसीप प्रोग्राम (एसपीपी) फिर्ता गर्ने निर्णय गरेकोमा नेपाली नेताहरुको प्रशंसा गर्दै बधाई तथा धन्यवाद नै दिएपनि एमसीसी अनुमोदन भएको बारे असन्तुष्टि जनाएका थिए । नेपाली नेताहरुसँग अमेरिकी परियोजनाहरु एमसीसी, एसपीपी र तिब्बतीलाई शरणार्थी परिचय पत्र (आरसी) वितरण गर्ने कार्यक्रमप्रति चिनियाँ असन्तुष्टि प्रष्ट रुपमा देखिएको थियो ।
लिउले बामपन्थी नेताहरुसँग गरेको संवाद र त्यसको आउटपुट बुझ्नका लागि पनि चेङ योउया नेपालमा बसेकी हुन् । नेपाली नाम सरला राखेकी चेङले यहाँको पछिल्लो राजनीतिक अवस्थाबारे चीनको माथिल्लो निकायलाई प्रतिवेदनका रुपमा बुझाउनेछिन् । उनीसँग सम्पर्कमा रहेका एक नेपाली नेताका अनुसार लिउको भ्रमणपछि नेपालका राजनीतिक दल, बुद्धिजीवी र विभिन्न पक्षको धारणा बुझेर उनी बेइजिङ जानेछिन् ।
नेपालको चारदिने भ्रमण पूरा गरी चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय समन्वय विभागका प्रमुख (मन्त्री) लिउ जियान्चाओ बुधबार बेइजिङ फर्किए । भ्रमणको चौथो दिन उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका थिए । लिउले आइतबार प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्का, सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा मंगलबार एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बेग्लाबेग्लै कुराकानी गरेका थिए । उनले सबैभन्दा बढी समय (साढे चार घन्टा) ओलीसँग बिताएका थिए भने त्यसपछि क्रमशः प्रचण्ड (दुई घन्टा), एकीकृत समाजवादी अध्यक्ष नेपाल(सवा एक घन्टा)सँग समय बिताएका थिए । उनले प्रधानमन्त्री देउवासँग करिब एक घन्टा र परराष्ट्रमन्त्री खड्कासँग ४५ मिनेट बिताएका थिए ।
लिउको नेपाल बसाई समग्र रुपमा बामपन्थी पार्टीका नेताहरुसँगको भेटघाटमै वितेको थियो । उनले वामपन्थी पार्टीहरु मिलेमा चीनको सहयोग रहने समेत बताएका थिए । चीनले नेपालको आन्तरिक मामिलामा आफू पनि हस्तक्षेप नगर्ने र अरु देशले पनि नगरुन् भन्ने सन्देश दिएको भनिएपनि ओली–प्रचण्ड निवासमा बाम गठबन्धनको प्रसँग भने छुटेको थिएन । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) विदेश विभाग प्रमुख लिउ जियान्चाओले प्रचण्डसँग खुमलटारमा भेट गर्दै गर्दा नेपालको कम्युनिष्ट पार्टीहरु एकआपसमा किन मिल्न नसकेका र किन भिन्न शक्तिसँग सहकार्य गरिरहेका छन् भन्ने प्रसँगबाट बाम गठबन्धनको कुरा उठाएका थिए ।
नेकपा माओवादी केन्द्र, एमाले र एकीकृत समाजवादीका नेतासँग सोमबार र मंगलबार भएका भिन्नाभिन्नै भेटमा चिनियाँ नेता लिउले बामपन्थी शक्तिबीचको एकता भए मुलुकको मात्र होइन चीनले पनि सकारात्मक रुपमा लिने बताएका थिए । २०७४ को आमनिर्वाचन अघि र पछि एमाले–माओवादी केन्द्र गठबन्धन निर्माण र पार्टी एकताका लागि चीनले सहजीकरण गरिदिएको टिप्पणी हुने गरेको छ । तर एकीकृत पार्टी नेकपाको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा सर्वोच्च अदालतको आदेशबाट एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा पुगेका छन् ।
त्यसपछि नेपालमा वाम गठबन्धन कमजोर मात्र भएन, सरकारसमेत कांग्रेसको नेतृत्वमा गयो । अहिले पनि बाम दलहरूलाई मिलाउन चीनले पहल गरिरहेको चर्चा छ । चिनियाँ नेता लिउले भने नेपालको बाम गठबन्धनका सम्बन्धमा चीन र सीपीसीको कुनै भूमिका नरहने प्रस्ट पारेका छन् । तर चिनियाँ उच्च अधिकारी चेङ नेपालमै बसेर यहाँ राजनीतिबारे बेइजिङलाई रिपोर्ट गर्ने तयारी गरेकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार