कृषि विकास निर्देशनालय दिपायलले गर्याे उत्कृष्ट सात कर्मचारी पुरस्कृत
नेपालबहस संवाददाता
असार ३१, २०७९ शुक्रबार १९:३:११
३१ असार, डोटी । कृषि विकास निर्देशनालय दिपायल राजपुरले सुदूरपश्चिम प्रदेशअन्तर्गत आफ्नो कार्यालय मातहतका कृषि क्षेत्रमा उत्कृष्ट काम गर्ने सात कर्मचारीलाई सम्मानसहित पुरस्कृत गरेको छ ।
मातहतका नौवटै जिल्लामध्ये उत्कृष्ट कार्य गरेबापत उनीहरुलाई जनही रु ३० हजार नगद तथा प्रमाणपत्र सहित सम्मान गरिएको हो । पुरस्कृत हुनेमा सुक्खा फलफूल विकास केन्द्र सतबाँझ बैतडीका अधिकृत आठौँ तहका डम्मरसिंह भाट, कृषि ज्ञान केन्द्र डोटीका कार्यालय प्रमुख अधिकृत सातौँ तहका नरेन्द्र पनेरु, कृषि विकास निर्देशनालय दिपायल राजपुरका अधिकृत छैटौँ तहका केशवराज पाण्डेय, कृषि ज्ञान केन्द्र बाजुराका अधिकृत छैटौँ तहका मीनप्रसाद जैसी, कृषि ज्ञान केन्द्र कंचनपुरका सहायकस्तर पाँचौँ तहका जनकबहादुर सिंह, कृषि विकास निर्देशनालय दिपायल राजपुरका हलुका सवारी चालक राजकुमार चौधरी र कृषि ज्ञान केन्द्र बैतडीका कार्यालय सहयोगी दिवाकर पाण्डेय रहेको कृषि विकास निर्देशनालयका निर्देशक यज्ञराज जोशीले जानकारी दिए ।
कृषि विकास निर्देशनालय दिपायलका निर्देशक जोशीले प्रत्येक वर्ष राम्रो कार्य गर्ने कर्मचारीलाई पुरस्कार तथा सम्मान गरिने बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
गुल्मीमा सुन्तला उत्पादन बढ्यो, कृषक खुसी
पुष २६, २०८१ शुक्रबार
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार