बाँसपानीको पिङमा पर्यटकको आकर्षण बढ्दै
नेपालबहस संवाददाता
असार ३१, २०७९ शुक्रबार २०:१९:२३
३१ असार, गोदावरी । कैलालीको गोदावरी नगरपालिकाको गोदावरी धाम, गोदावरी पुल र आधुनिक पिङ हेर्न तथा खेल्न आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ ।
सुदूपश्चिमका सात पहाडी जिल्ला जोड्ने गोदावरीमा अहिले विभिन्न पर्यटकीय क्षेत्र हेर्न आउने पर्यटकको ठूलो भीड लाग्न थालेको छ । गोदावरी–४ बाँसपानीमा नयाँ पिङ खोलिएपछि आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्ने गरेको छ । गोदावरी पुलदेखि दुई किलोमिटर माथि पहाड रोड नजिकै रहेको पिङ खेल्नेको भीड लाग्न थालेको छ ।
करिब रु २५ लाखको लगानीमा खोलिएको सो पिङ खेल्न अहिले दैनिक २०० को हाराहारीमा पर्यटक पुग्ने गरेका छन् । बढिजसो शनिबार धेरै भीड लाग्ने गर्दछ । पिङप्रति आकर्षण बाह्यभन्दा पनि आन्तरिक पर्यटकको मुख्य रोजाइ छ ।
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक आधुनिक पिङ संचालनमा आउँदा यहाँको पर्यटकीय क्षेत्रमा विशेष टेवा पुग्ने स्थानीयको भनाइ छ । प्रसिद्ध गोदावरी धाम नजिकै पिङ रहेको हुँदा अझै पर्यटक सङ्ख्या बढी हुने गरेको छ ।
बाँसपानी पुगेका धनगढीका गजेन्द्र भट्टले भने, “चुरे त्यसै पनि आन्तरिक पर्यटकका लागि रमाइलो ठाउँ हो, त्यसमा पनि आधुनिक पिङले गर्दा अझ पर्यटक बढ्ने छन् ।”
पिङ तराई र पहाडको बीचमा हुँदा अझै सौन्दर्यता बढेको छ । प्रदेशमै पहिलो पटक आधुनिक पिङ सञ्चालन गरेर पर्यटक आकर्षित भइरहेका छन् । आधुनिक पिङ संचालनमा ल्याइएको दुई हप्ता मात्रै भएको सञ्चालक पुस्कर जोशीले बताए ।
गोदावरी पर्यटकीय क्षेत्र भएकाले यसलाई अझै प्रभावकारी बनाउनुपर्छ भन्ने उद्देश्यले आधुनिक पिङ संचालन गरिएको अर्का पिङ संचालक हिक्मत महराले जानकारी दिए । पिङ निर्माण गर्दा धेरै ठूलो लगानी र समय लागेको जनाउँदै उनले आगामी दिनमा पिङसँगै जिपलाइन पनि संचालन गर्ने योजना रहेको बताए । आधुनिक पिङ खेल्न आउने एक जनाको रु ३०० र दुई जनाको रु ५०० शुल्क लगाउने गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
सन् २०२४ मा चार हजारभन्दा बढी विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरे
पुष २५, २०८१ बिहिबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार