कुमारी क्यापिटल अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा नियुक्त
नेपालबहस संवाददाता
असार ३१, २०७९ शुक्रबार २२:९:४०
३१ असार, काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ ।
आज एक कार्यक्रमका बीच कुमारी क्यापिटल लिमिटेडका तर्फबाट अश्विन बाबु श्रेष्ठ र अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट कुमार बहादुर खत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाडौं मार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।
अजोड इन्स्योरेन्स लिमिटेडको सम्पूर्ण तथ्याङ्क क्यापिटललाई प्राप्त नभई सकेकोले आधिकारिक रुपमा सेवा प्रारम्भ भए पश्चात सो सम्बन्धी सूचना राष्ट्रिय दैनिकमा प्रकाशित गर्ने समेत क्यापिटलले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार