प्रहरीले गुपचुपमै १२ करोडको बुट खरिद गर्दा गुणस्तर चेक गर्न कसले रोक्यो ?
नेपालबहस संवाददाता
साउन १, २०७९ आइतबार १८:१०:२६
३२ असार, काठमाडौं । नेपाल प्रहरीले भ्याटसहित करिब साढे १३ करोडको डीएमएस बुट गुपचुप रुपमा खरिद गरी वितरण गरेको छ । एक महिना अघि मात्रै मूल्यअभिवृद्धि करसहित करिब २ हजार ६ सय पचास रुपैयाँमा बुट खरिद गरेर देशभर पठाइएको हो ।
सो बुट केन्द्रमै खरिद गरी जिल्ला–जिल्लामा पठाइएको हो । २०७७ माघ २९ मा खोलिएको बोलपत्रको मूल्यांकनका क्रममा डीएमएस बुटको गुणस्तर परीक्षणको रिपोर्ट नै नक्कली ल्याएको खुलेपछि रद्द गरिएको बुट अहिले मापदण्ड बेगर नै परीक्षण नगरी खरिद गरिएको र त्यो पनि कम गुणस्तरको परेको बताइएको छ ।
‘प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार बजारमा एक हजार चार सय पर्ने बुटलाई रू। २६५० मा खरिद गरेर पठाइएको र त्यसबाट आएको नाफाजति उच्च प्रहरी अधिकृतले लिएको स्रोतको दावी छ । तत्कालीन समयमा डीएमएस बुटको बोलपत्रमा डीएमएस बुट कम्पनी र एशियन फुटवेर जेभीले प्रस्ताव हालेका थिए । डीएमएस बुट कम्पनी विराट थापाको हो ।
डीएमएस बुट कम्पनीले भारतको चेन्नईस्थित एसजीएस कम्पनीबाट गुणस्तर परीक्षणमा पास भएको रिपोर्ट पेस गरेको थियो । जुन रिपोर्ट मूल्यांकनका क्रममा नक्कली भएको पुष्टि भएको छ । कीर्ते गुणस्तर रिपोर्ट पेस गर्ने डीएमएस बुट कम्पनीको बैंक ग्यारेन्टी बापतको रकम २०७७ फागुन १३ गते प्रहरीले जफत गरिसकेको छ ।
कीर्ते गुणस्तर रिपोर्ट पेस गर्ने डीएमएस बुट कम्पनीलाई कालोसूचीमा राख्न नेपाल प्रहरीले फागुन १४ गते सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलमा पठाइएको थियो । अहिले उनीहरुकै अर्को कम्पनी कर्नवाल विजनेश टे«डर्स कम्पनीले २ हजार ६ सय ५० मूल्यमा टेण्डर हालेको र उनीहरुकै मिलेमतोमा रहेका अन्य कम्पनीले २ हजार ७ सय ५० र २ हजार ७ सय ७० मा हालेका थिए । हालको ठेक्का भने २ हजार ६ सय ५० रुपैयाँ प्रस्ताव गरेको कम्पनीले पाएको थियो । सो कम्पनीले बुट खरिद गरेर हरेक जिल्लामा पठाइसकेको र त्यहाँबाट भुक्तानी समेत लिइसकेको छ ।
‘हेर्दा सार्वजनिक खरिद ऐन अनुसार नै खरिद गरेको देखिन्छ, तर मापदण्ड नपुगेको गुणस्तर समेत परीक्षण समेत नगरी पठाइएका कमसल बुट ६ महिना पनि नटिक्ने बताइएको छ । प्रहरीले एकपटक बुट पाएपछि दुई वर्षपछि मात्रै पाउने गरेका छन् । तर अहिले पठाइएको बुट गुणस्तरमा कमजोर भएका कारण ६ महिना पनि नटिक्ने एक प्रहरी अधिकृतले जनाएका छन् ।
यसअघि गुणस्तर रिपोर्ट कीर्ते गर्ने क्राउन टेक्सटायलका सञ्चालक पिताम्बरकुमार मुन्कालाई पक्राउ गरी २६ दिन थुनामा राखेर मुद्दा चलाएको भएपनि प्रहरीले लगाउने बुटमै कमिशनको लोभमा गुणस्तर परीक्षण गर्दा पनि परीक्षणका लागि पठाएको नमूना भन्दा जिल्लामा पठाइएको बुटको गुणस्तर निकै कम भएको छ, जुन बुट बजारमा १ हजार ४ सयमै पाइने ती प्रहरी अधिकारीको दावी छ ।
यसअघि प्रबन्ध निर्देशनालयका तत्कालीन डीआईजी पुरुषोत्तम कँडेलले विराट थापालाई जोगाएका कारण अहिले उनकै मिलेमतोमा डीएमएस बुटको गुणस्तर परीक्षण नभएको स्रोतको दावी छ । डीएमएस बुटको ठेक्का प्रक्रियामा कम्पनी अरु कसैको भएपनि पर्दाभित्रका ठेकेदार टेलिकमका जागिरे टोपेन्द्र बिसी र राजमान मिश्र पनि हुन् । थापा, बिसी र मिश्रले अरुले टेण्डर हाल्नै नपाउने गरी स्पेसिफिकेसन राखेर टेण्डर गर्न लगाएका थिए । जसमा प्रहरी प्रधान कार्यालयका अधिकारीहरुको मिलेमतो रहेको स्रोतको दावी छ । खासगरी अवकाशमा जान लागेका र पाँच वर्षदेखि प्रबन्ध शाखामा रहेको एसपी प्रेम बस्नेतको मिलेमतोमा १३ करोडको खरिद केन्द्रबाटै भएको हो ।
‘सामान प्रहरी प्रधान कार्यालयबाटै आउँछ भुक्तानी दिनु भन्ने परिपत्र गरिएको रहेछ, सामान आउँदाचाहि गुणस्तहीन सामान आएको छ हामीले यस्तो सामान बुझ्दैनौ भन्दा पनि माथिको आदेश भन्दै बुझाइयो’, एक जिल्लाका अधिकारीले भने । नेपाल प्रहरीको बुट खरिदमा मात्रै होइन कपडा पनि तीन महिनामै च्यातिने गरेको गुनासो प्रहरीको रहेको छ । प्रहरीले खरिद गर्ने हरेक सामान गुणस्तहीन हुन थालेपछि यसको खरिद प्रकृयामै प्रश्न चिन्ह उठन् थालेको गृहमन्त्रालयका एक अधिकारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
एसएसपी बढुवाका लागि चरम राजनीतिक लविङ
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका दुई डीआइजी एआइजी बढुवामा सिफारिस
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
नेपाल धानमा पनि परनिर्भर बन्दै, वीरगञ्जबाट मात्र ५ महिनामा ३ अर्ब बढीको धान आयात
पुष १९, २०८१ शुक्रबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार