‘मानव बेचबिखन रोक्न दुबै देशका सुरक्षा संयन्त्र र संघसंस्थाबीच सहकार्यको जरुरी’
आबिद हुसेन
साउन १, २०७९ आइतबार १७:९:५६
१ साउन, बीरगञ्ज । मानव बेचबिखन रोकथाम गर्न दुबै देशका सुरक्षाकर्मी र संघसंस्थाबीच सहकार्य अनिवार्य रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् ।
मानव बेचबिखन रोकथाम इकाई (क्षेत्रीय मुख्यालय बेतिया) सशस्त्र सीमा बल र गैरसरकारी संस्था प्लान इन्डियाको आयोजनामा वीरगञ्ज-रक्सौल नाकामा अवस्थित एकीकृत जाँच चौकी (आईसीपी) मा भएको दुबै देशका सुरक्षाकर्मी र संघसंस्ठाका प्रतिनिधीहरुको बैठकमा सरोकारवालाहरुले यस्तो जोड दिएका हुन् ।
नेपाल र भारतको खुल्ला सीमाबाट हुने मानव बेचबिखनमा पूर्णरुपले रोक लगाउन र दुवै देशका सरकारी संयन्त्र, प्रहरी एकाई र गैर सरकारी संघसंस्थाबीच अनिवार्य सहकार्य हुनु पर्नेमा जोड दिइएको थियो । बैठकको सञ्चालन गर्दै भारतीय प्रहरीका निरीक्षक मनोजकुमार शर्माले समयसमयमा मानव तस्करको पहिचान गर्दै कारवाहीका लागि मानव तस्करको तथ्यांक तयार गर्न आग्रह गरेका थिए ।
मानव बेचबिखन नियन्त्रण इकाई (क्षेत्रीय प्रधान कार्यालय बेतिया) कार्यालय ४७ औं बाहिनी सशस्त्र सीमा बलले सीमानामा हुने मानव बेचबिखन अपराधमा मात्र नभई अन्य राज्यका सरकारी संघसंस्था र गैरसरकारी संस्थासँगको सहकार्यमा पनि काम गरिरहेको इन्स्पेक्टर शर्माले जानकारी गराएका थिए । नेपाल र बिहारका धेरै पीडित भारतका अन्य राज्यबाट उद्धार गरी घर फर्किने तयारीमा रहेको जानकारी समेत उनले दिएका थिए ।
वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लले मानव बेचबिखनका नयाँ-नयाँ उपायलाई नियन्त्रण गर्न दुवै देशका प्रहरीले सहकार्य गर्नुपर्ने बताएका थिए । प्रहरी निरीक्षक मल्लले पछिल्लो समय शहरी क्षेत्र मात्र नभई ग्रामिण क्षेत्रबाट मानव बेचबिखन गर्ने गिरोहहरु फस्टाईरहेको औल्याउँदै स्थानीय सरकारी र गैरसरकारी संस्थाले यहाँ महत्वपूर्ण भूमिका खेल्न सक्ने जिकिर गरेका थिए ।
उनले सीमा क्षेत्रमा आपसी समन्वय र मानव बेचबिखन रोकथामका सन्दर्भमा देखिएका समस्याका बारेमा पनि जानकारी गराएका थिए । नेपाल प्रहरीले मानव बेचविखन अन्त्य गर्न कुनै कसर बाँकी नराखेको र सीमानाकामा देखिएका कमजोरीलाई सुधार गर्दा पूर्ण रुपले मानव बेचविखन अन्त्य हुने जिकिर गरेका थिए ।
बैठकमा सबै गैरसरकारी संस्था र सरकारी संघसंस्थाले बालबालिकाको समूह बनाउने सहमति पनि गरेका थिए । समूहले अन्य बालबालिकालाई मानव बेचबिखनका बारेमा सचेत गराउने र कुनै समस्या भएमा प्रहरी र प्रशासनलाई जानकारी गराउने छन् । मानव बेचविखनको सम्बन्धमा छलफल गर्न नेपालको पर्सा र भारतको बेतिया र मोतिहारीका प्रतिनिधिहरुबीच पहिलो पटक छलफल भएको हो ।
बैठकमा भारतको तर्फबाट मुख्यतया डेपुटी कमाण्डेन्ट एल बसन्त, इन्स्पेक्टर र जीडी मनोज कुमार शर्मा, इन्स्पेक्टर ऋतुराज, प्लान इन्डियाका रामजनम, प्रयास रक्सौलकी आरती कुमारी र नेपालको तर्फबाट सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष बस्नेत, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल, आफन्त नेपालका विनोद खाती, माइती नेपालीकी गोमा पौडेल लगायत विभिन्न सरकारी र गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपलागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
वडाध्यक्षको तरकारीखेती मोह
पुष २६, २०८१ शुक्रबार
बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित
पुष २६, २०८१ शुक्रबार
लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
तराईमा शीतलहरको कहर: जोखिम बढ्दो, पूर्वतयारी सुस्त !
पुष २६, २०८१ शुक्रबार
हुम्लाको खार्पुनाथमा एक महिनादेखि सिटामोलसमेत अभाव
पुष २६, २०८१ शुक्रबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार