घर संगै विद्यालय पहिराको जोखिममा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_2iMmAyes8c.jpeg
)
नेपालबहस संवाददाता
साउन १, २०७९ आइतबार १८:२१:५३
![](https://nepalbahas.prixacdn.net/media/albums/215176412pahiro-1_p1F8PEgphl.jpeg)
१ साउन, बैतडी । वर्षाका कारण बैतडीमा दुई घर र विद्यालय भवन पहिराको जोखिममा परेका छन् । जिल्लाको श्रीभावर–हाट सडकखण्डमा पहिरो खस्दा पुर्चौंडी नगरपालिका ६ स्थित भटेडी भन्ने स्थानमा पहिरो खस्दा स्थानीय मानवीर धानुकका दुई घर पहिरोको जोखिममा परेका हुन् ।
पहिरोले घरको आँगनमा क्षति पु-याएको र पानी पर्ने क्रम जारी रहेकाले थप क्षति बढ्नसक्ने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट जोखिमयुक्त क्षेत्रको निरीक्षण गरिएको छ । प्र्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, पुर्चौंडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमलगायतका सरोकारवाला निकायका प्रतिनिधिहरुले सो ठाउँमा पुगेर पीडित परिवारलाई सहयोग गर्ने बचन दिएका छन् ।
अनुगमनका क्रममा जोखिममा रहेका परिवारलाई अस्थायी बसोबासका लागि नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराउने, उक्त घरमा थप क्षति हुन नदिन पूर्वाधार विकास कार्यालयका तर्फबाट पर्खाल निर्माण गर्ने र क्षतिको विवरण सङ्कलन गरी आवश्यक सहयोगका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिश गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
यस्तै दशरथचन्द नगरपालिका १ स्थित जगदम्बा आधारभूत विद्यालय पनिपहिरोको उच्च जोखिममा परेको छ । लगातारको बर्षाका कारण विद्यालयको आँगन जोगाउन लगाइएको पर्खाल भत्किएको छ । करिब ३० मिटर लामो पर्खाल भत्केर भीर बनेको विद्यालयका शिक्षक अम्बादत्त बडुले बताए।
आँगन जोगाउन लगाइएको पर्खाल भत्किएपछि विद्यालय भवनसमेत जोखिममा परेको छ । वर्षासंगैको हावाहुरीले बैतडीको पुर्चौडी नगरपालिका २ स्थित समैजी आधारभूत विद्यालयको चार कोठे भवनको छानो उडाएको छ । हावाहुरीले उक्त विद्यालयका ४ कोठाको जस्तापाता उडाएको शिक्षक जनबिक्रम धानुकले जानकारी दिए । छाना उडाउँदा रु चार लाख ५० हजार बराबरको धनमाल क्षति भएको विद्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज देशभरको मौसम सफा रहने, हिमाली भागमा हल्का हिमपात हुने
माघ १७, २०८१ बिहिबार
तराईमा लागेको हुस्सु र कुहिरो अपराह्नपछि सुधार हुने
माघ १६, २०८१ बुधबार
विपदमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
पुष २९, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार