हेटौडामा तीन महिनाअगावै पुल बनाउने निर्माण कम्पनीलाई पुरस्कार
नेपालबहस संवाददाता
साउन १, २०७९ आइतबार १९:७:२६
१ साउन, मकवानपुर । तोकिएको समयभन्दा तीन महिनाअगावै पुल निर्माण गर्ने एलिट कन्स्ट्रक्सन कम्पनी प्रालि पुरस्कृत हुने भएको छ ।हेटौंडा-११ नवलपुर र पदमपोखरी जोड्ने राप्ती नदीको पक्की पुल तोकिएको समयभन्दा तीन महिनाअघि नै निर्माण सम्पन्न भएपछि ठेकेदार कम्पनी पुरस्कृत हुने भएको हो ।
‘तोकिएको समयभन्दा तीन महिना अगाडि नै राप्ती नदीमा पुल निर्माण भएको छ,’ यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निर्देशक सहदेव भण्डारीले भने, ‘यसरी तोकिएको समय भन्दा अगावै निर्माण सम्पन्न गर्ने कम्पनीलाई दैनिक ०।०५ प्रतिशतका दरले बाँकी समयको रकम पुरस्कार स्वरूप रकम उपलब्ध गराउँदैछौं ।’ उनका अनुसार सो पुल २६ असोजभित्र निर्माण गरिसक्ने गरी ठेक्का लगाइएको थियो ।
बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले दुई सय १५ मिटरको उक्त पक्की पुल २७ असोज ०७६ असोजमा निर्माण सम्झौता गरेको थियो । राप्ती नदीमाथि रहेको ४ स्पानको ११ मिटर चौडाइको पुल २७ करोड ४६ लाख २० हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
बागमती प्रदेश सरकार गठन भएदेखि हालसम्म ७१ वटा पुल निर्माण भइसकेको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ । उसका अनुसार यसअघि पनि एउटा पुल समयअगावै निर्माण सम्पन्न भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार