होल्डिङ सेन्टर निर्माणमा अनियमितता, कामै नगर्ने निर्माण व्यवसायीलाई डेढ अर्बभन्दा बढी निकासा
नेपालबहस संवाददाता
साउन १, २०७९ आइतबार १९:४३:४१
१ साउन, काठमाडौं । बहुउपयोगी होल्डिङ सेन्टर निर्माणमा अनियमितता भएको पाइएको छ । सरकारले कोरोना महामारीमा ठूलो संख्यालाई आइसोलेसनमा राख्नुपर्ने भएपछि वहुउपयोगी होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको थियो ।
२०७८ वैशाख १३ गतेको मन्त्रिपरिषद्को बैठकले नेपाल–भारत सीमा नाकाहरु गड्डाचौकी, गौरीफन्टा, जमुनाह, कृष्णनगर, बेलहिया, वीरगन्ज, रानी तथा काँकडभिट्ट नजिकै पायक पर्ने स्थान र काठमाडौंमा कम्तीमा एक हजार क्षमताको बहुउपयोगी अर्ध स्थायी प्रकृतिको होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्ले सोही दिन होल्डिङ सेन्टर निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो । विभिन्न ९ स्थानमा होल्डिङ सेन्टर निर्माण गर्न २ अर्ब ३२ करोड ९० लाखको लागत अनुमान स्वीकृत गरी टेण्डर आव्हान गरिएको थियो ।
त्यसपछि नेपाली सेनाको स्थपति निर्देशनालयले सबैभन्दा कम कबोल गर्ने एक निर्माण व्यवसायीसँग २ अर्ब २२ लाख रुपैयाँमा दुई महिनाभित्र निर्माण सम्पन्न गर्न २०७८ असार ३ गते सम्झौता गरेको थियो । दुई महिना भित्र निर्माण गरिसक्नु पर्ने होल्डिङ सेन्टर १३ महिना बित्दा पनि तयार भइसकेका छैनन् ।
निर्माण कार्य पुरा नहु्ँदै नेपाली सेनाले निर्माण व्यवसायीलाई २०७९ जेठ १९ गतेसम्म १ अर्ब ६४ करोड ३७ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । सेनाले पटक पटक म्याद थप गरिदिँदा पनि निर्माण व्यवसायीले होल्डिङ सेन्टर निर्माण कार्य सम्पन्न गरेका छैनन् ।
‘निर्मााण व्यवसायीसँग भएको सम्झौतामा तोकिएको अवधिभन्दा बढी म्याद थप नगरिने उल्लेख छ । सम्झौता मितिले दुई महिनाभित्र (२०७८ भदौ २ गतेसम्म) निर्माण कार्य सम्पन्न गरिसक्नुपर्नेमा २०७८ चैत मासन्तसम्म म्याद थप भए तापनि निर्माण कार्य सम्पन्न भएको छैन । सम्झौताको सर्तअनुसार कार्य सम्पन्न गर्नुपर्दछ,’ महालेखापरीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनमा होल्डिङ सेन्टर निर्माणका भएको अनियमितता औंल्याएको छ ।
महालेखाले प्रतिवेदनमा सम्झौता भएको निर्माण व्यवसायीले हालसम्म जमुनाह र काठमाडौंमा निर्माणस्थलको अभावमा निर्माण कार्य प्रारम्भ नगरेको उल्लेख गरेको छ । बेलहियामा भने निर्माण गर्न सम्झौता नै हालसम्म नगरिएको महालेखाले जनाएको छ ।
‘होल्डिङ सेन्टर सबै प्रदेशमा निर्माण गर्नुपर्ने र फरक भौगोलिक क्षेत्रमा भएको अवस्थामा एउटै निर्माण व्यवसायी छनौट भएकोले निर्माण व्यवसायीले समयमा निर्माण सम्पन्न गरेको छैन,’ महालेखाले प्रतिवेदनमा स्पष्ट शब्दमा भनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार