अर्जुनचौपारीका युवा फोहोर ब्यवस्थापनमा सक्रिय
नेपालबहस संवाददाता
साउन १, २०७९ आइतबार २१:५०:३८
१ साउन, स्याङ्जा । ब्यवस्थापन केन्द्र बनेर ब्यवस्थित हुन नसकेको अर्जुनचौपारी गाउँपालिका बजारको फोहोर ब्यवस्थापनमा युवाले चाँसो देखाएका छन् । एक बर्ष पहिला ७५ लाखको लागतमा फोहोर ब्यवस्थापन केन्द्र बनेपनि बजारमा संकलन भएको फोहोर केन्द्र बाहिर र सडकमा फालिएको थियो । पुरानो जनप्रतिनिधीले टोल—टोलमा एक ट्याक्टरको ५० प्रतिशत आर्थात दुई हजार दिने गरी छ महिना पहिला ब्यवस्थापन केन्द्रमा फाल्ने सम्झौता भएको थियो ।
सम्झौता अनुसार फोहोर ब्यवस्थापन हुनुपर्नेमा बाटो र केन्द्र बाहिर सयौ ट्याक्टर फोहोर फालिएपछि स्थानियले जनप्रतिनिधीको बिरोध गरेका थिए । अहिले पालिकासगँ समन्वय गरेर फोहोर ब्यवस्थापन गरेको युवा नरेश रोकाले बताए ।
समस्याको निराकरण गर्ने भन्दा पनि सामाजिक संजाल मार्फत दोषारोपण मात्रै गर्ने ब्यबहार देखिएपछि युवाहरु पुगेर ब्यवस्थापन गरेको रोकाले बताए । वडा अध्यक्ष, स्थानिय १५ जना युवाले डोजरको प्रयोग गरेर अब्यवस्थित ढंगले फालेको फोहोर ब्यवस्थापन गरिएको हो ।
सोच बदलौ, समाज बदलौ, जागौ उठौ युवा भन्ने नारा लिएर अर्जुनचौपारी गाउपालिकालाई फरक शैलीबाट बिकासको बाटोमा लान उर्जा थप्ने हेतुले फोहोरको ब्यवस्थापन गरेको रोकाले बताए । युवाहरुको टोलीले जल्ने फोहोलाई जलाएर र सिसालाई डोजरको माध्यमबाट खाडल खनेर पुरेको छ । युवाहरुको छ घण्टाको प्रयासमा फोहोर ब्यवस्थापन गरिएको बताइएको छ ।
तत्कालका लागि समस्या निराकरणका गर्न युवाको प्रयासलाई धन्यबाद दिदै पालिका अध्यक्ष प्रकाश तिवारीले दिर्घकालिन रुपमा फोहोर ब्यबस्थापनमा पालिकाले फरक शैली बनाएको बताए । कुहिने र नकुने फोहोर छुट्टाएर मात्र संकलन हुने गरेको थियो अध्यक्ष तिवारीले भने,‘अब फोहोरको बर्गिकरण गर्दै नकुहिने सिसालाई फरक ढंगले संकलन गरिने छ ।’
लाखौ खर्च गरेर निर्माण भएको फोहोर ब्यवस्थापन केन्द्र प्रयोगमा आउने बताउदै तिवारीले युवाकै माध्यमबाट फोहोरलाई आर्थिक आर्जन गर्ने बताए । फोहोर ब्यबस्थापनको जिम्मा लिएर सम्बन्धित ठाउमा नपुराई बाटो र सडकको छेउछाउमा लगेर फालिएको र सम्बन्धित ठाउँमा नपुराई छाड्ने साधनको सम्झौता रकम पालिकाले रोक्का समेत गरेको प्रमुख प्रसासकिय अधिकृत उज्वल बस्नेतले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
एक अर्कालाइ छुँदा किन करेन्ट लाग्छ ? जान्नुहोस्
पुष २८, २०८१ आइतबार
पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए
पुष २८, २०८१ आइतबार
स्वर्णलक्ष्मी सहकारी ठगी: रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित
पुष २८, २०८१ आइतबार
सहकारी ठगी प्रकरण : रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै
पुष २८, २०८१ आइतबार
दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको युक्रेनको दावी
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ति नजिकीएसँगै सखरखण्डर र पिँडालुको मूल्य आकाशियो
पुष २८, २०८१ आइतबार