पुतलीबजारका मेयर रेग्मीको साहसिक निर्णय: पटके सवारी कर खारेज, कांग्रेसद्धारा स्वागत
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
साउन १, २०७९ सोमबार ०:१०:९
![](https://nepalbahas.prixacdn.net/media/albums/Putalibazr-nagarpalika_UjPPgW63CR.jpg)
१ साउन, स्याङ्जा । देशैभरका स्थानीय सरकारले राजश्वको दायरा बढाउन पटके सवारी कर उठाउने गरेका छन् । उनीहरुले नयाँ आर्थिक बर्ष शुरु हुने वित्तिकै नयाँ कर प्रणाली लागु गर्दै पटके सवारी कर लिदै आएका छन् । तर नयाँ आर्थिक बर्ष शुरुवातमै पुतलीबजार नगरपालिकाले भने पटके सवारी कर खारेज गर्ने निर्णय गरेको छ ।
शनिबार बसेको कार्यपालिका बैठकले पुतलीबजार नगर क्षेत्रभित्र सडक उपयोग गरेवापत लिइने शुल्क नलिने निर्णय भएको नगरपालिकाले जनाएको छ । गएको आर्थिक बर्षमा विवादमा आएको पटके सवारी कर नयाँ जनप्रतिनिधि आउना साथ खारेज गर्ने निर्णय भएको छ ।
स्थानीय पालिकाले जथाभावी कर लिन थाले भन्ने गुनासो आइरहेका बेला पटके सवारी कर नलिने भन्दै जिल्लामै पहिलो पटक पुतलीबजार नगरपालिकाले यस्तो निर्णय गरेको हो । सवारी कर खारेज गर्ने निर्णय भएसँगै पुतलीबजार नगरवासी खुशी भएका छन् ।
योसँगै एकै सडकमा ओहोरदोहोर गर्दापिच्छे कर बुझाउनुपर्ने प्रचलनको अन्त्य भएको नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिए । चुनावी घोषणापत्र अनुरुप पटके सवारी कर खारेज गरेको उनको भनाइ छ । पटके कर तिर्नुपरेको गुनासा चुनावी अभियानमा घरदैलो गर्ने क्रममा स्थानीयबासीले उठाउदै आएका थिए नगर प्रमुख रेग्मीले भने,‘स्थानीयको मागलाई सम्वोधन गर्नुपर्छ भनेर पटके कर खारेज गरेका हौ ।’ नागरिकलाई सास्ती हुनेखालका करका दायराहरु घटाउने प्रयासमा हामी लागेका छौं उनले भने ।
योसँगै बाडखोला–दुलेगौडा ग्रामीण सडक, प्रगतीनगर–बहाकोट ग्रामीण सडक, स्याङ्जा–पुतलीखेत–लाम्पाटा–टिकाजा–सतौं–आरुचौर ग्रामीण सडक, प्रगतीनगर–घुम्ति चिसापानी ग्रामिण सडक, सुम्रेखोला– नुहारभन्ज्याङ–अर्जुनचौपारी ग्रामिण सडक, जाँडखोला–पेल्काचौर ग्रामीण सडक, स्याङ्जा बजार–हुनिकोट ग्रामीण सडक, पुतलीखेत–ठूलीवेशी उनियाचौर–नागडाँडा सडकलगायत अन्य सडकमा समेत सवारी शुल्कवापतको रकम उठाउन र ढाँट तेस्र्याउन नपाउने गरी निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले जानकारी दिए । यसअघि सडक मर्मतसम्भार भन्दै बिभिन्न ८ प्रकारका मुख्य सडकहुदै भित्री सडक छिर्ने मार्गमा सवारी साधन अनुसारका कर लगाउदै आएको थियो । यसैबाट पालिकाले लाखौं रुपैयाँ राजश्व संकलन गथ्र्योे ।
नेपाली कांग्रेसबाट स्वागत
नागरिकलाई पटक्कै पिच्छे करलगाउने समस्याले हैरानी हुदै आएको भन्दै पुतलीबजार नगरपालिकाले पटके सवारी कर उठाउने निर्णय खारेजी गरेकोमा नेपाली काँग्रेस पुतलीबजार नगर समितिले यसको स्वागत गरेको छ । नेपाली कांग्रेस पुतलीबजार नगर समितिले असार १५ गते ज्ञापनपत्र बुझाउँदै पटके सवारी कर हटाउन ज्ञापनपत्र बुझाएको थियो । समितिले बुझाएको ज्ञापनपत्रको कदर गर्दै नगरपालिकाले नागरिकलाई करको बोझ घटाउने निर्णयप्रति नेपाली काँग्रेस पुतलीबजार नगर समिति आभार व्यक्त गर्दछ, सभापति सुरजकुमार अधिकारीले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरेको छ ।
पटके करमुक्त नगरपालिका बनाउन कांग्रेसले ज्ञापनपत्र बुझाएको थियो । सो सगै एकीकृत सम्पती करको दायरा पनि घटाउन माग गरेको थियो । अनावश्यक कर लगाउदा स्थानीय सरकारबाट स्थानीय जनता आक्रान्त भएका बेला पटके कर हटाउनुले पनि नागरिकले राहत महशुस गरेको सभापति अधिकारीले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
इजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
बजेट कोष बढाउन कार करमा निर्भर श्रीलङ्का
फागुन ५, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार