इलाका प्रशासन कार्यालयको सेवा दैनिक बनाउन माग गर्दै पर्सा कांग्रेसले पठायो प्रधानमन्त्रीलाई ज्ञापन
आबिद हुसेन
साउन १, २०७९ सोमबार १:०:९
१ साउन, बीरगञ्ज । मतदाता नामावली संकलनका लागी गाउँगाउँमा टोली पठाउनु पर्ने लगायतका माग राख्दै नेपाली कांग्रेस पर्साले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । संघ र प्रदेशको निर्वाचनलाई मध्यनजर गर्दै अहिले जिल्ला निर्वाचन कार्यालयबाट मात्रै मतदाता नामावली संकलनको काम हुँदा गाउँगाउँबाट नामावली दर्ता गराउन आउनेहरु समस्यामा परिरहेको भन्दै तत्काल समस्याको समाधान गर्न माग गरिएको छ ।
स्थानीय तहको निर्वाचनका समयमा मतदाता नामावली संकलन गर्न हरेक गाउँपालिकामा टोली पुगे जस्तै अहिले पनि टोली गाउँगाउँ जाने व्यवस्था मिलाउन कांग्रेसले माग गरेको छ । यस्तै सुख्खा खडेरीका कारण धान रोप्न समस्यामा परेका कृषकलाई सिंचाईको व्यवस्थाका साथै मलखादको व्यवस्था मिलाउन पनि कांग्रेसले माग गरेको छ ।
जिराभवानी गाउँपालिकाको सुपौलीमा रहेको ईलाका प्रशासन कार्यालय दैनिक सञ्चालन नहुँदा त्यस क्षेत्रका सेवाग्राहीले सास्ती भोगिरहेको भन्दै तत्काल कर्मचारी व्यवस्थापन गरी हरेक दिन कार्यालय सञ्चालनमा ल्याउन पनि माग गरिएको छ । जनशक्ति अभावमा हप्ताको एक दिन मात्रै कार्यालय सञ्चालन हुँदा त्यस क्षेत्रका ४ वटा पालिकाका नागरिक नागरिकता बनाउन तथा विभिन्न सेवालिनबाट सास्ति ब्यहोर्दै आएका छन् ।
यस्तै पोखरीया नगरपालिकामा पनि इलाका प्रशासन कार्यालय थप गर्न कांग्रेसले माग गरेको छ । द्वन्द्वकालमा बन्द भएको इलाका प्रशासन कार्यालय अहिले पुनः सञ्चालनमा ल्याउन उसले माग गरेको हो । वीरगंजमा रहेको जिल्ला प्रशासन कार्यालयमा धाउनु पर्ने समस्या अन्त्य गर्न र यहाँको चाप कम गर्न पनि अर्को स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्नु पर्ने आवश्यकता रहेको कांग्रेसले औँल्याएको छ । हुलाकी सडकखण्डमा अहिले दिनहुँ सवारी दुर्घटना बढीरहेकाले त्यसको न्यूनिकरण र आवागमन गर्ने सवारी र यात्रीहरुको सुरक्षाका लागि गण्डक नहर नजिक प्रहरी चौकी स्थापना गर्न पनि कांग्रेसले माग गरेको छ ।
आफूहरुले विभिन्न ६ वटा मागहरु उल्लेखित ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारीमार्फत प्रधामन्त्रीलाई पठाएको कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले बताए । ज्ञापनपत्र बुझाउन कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, मधेस प्रदेशका महामन्त्री बृहस्पतीकृष्ण श्रेष्ठ, पूर्वमन्त्री सुरेन्द्र चौधरी, रामनारायण कुर्मी लगाएतका नेताहरु पुगेका थिए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार