टेलिफोन, मोबाइल र इन्टरनेटको सेवा शुल्क १० प्रतिशत घट्याे
नेपालबहस संवाददाता
साउन २, २०७९ सोमबार १८:१६:६
२ साउन, काठमाडौं । सरकारले आजदेखि लागू हुने गरी टेलिफोन, मोबाइल र इन्टरनेट सेवामा लगाउँदै आएको सेवा शुल्क घटाएको छ । यसअघि १३ प्रतिशत कायम गरिएको दूरसञ्चार सेवा शुल्क आर्थिक ऐनमार्फत १० प्रतिशतमा झारिएको हो ।
सरकारले दूरसञ्चार सेवा दस्तुरलाई १० प्रतिशतमा झार्दा सेवा प्रदायकहरुको महसुल दर पनि सामान्य घट्नेछ । नेपाल टेलिकमले कम्पनीले उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दर ‘पे एज यु गो’ अन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महशुलमा समेत लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्ने जानकारी दिएको छ ।
त्यस्तै एनसेलले पनि साउन १ देखि लागू हुनेगरी दूरसञ्चार सेवा दस्तुर १० प्रतिशत कायम गरिने जानकारी दिएको छ । अन्य सेवा प्रदायकले समेत सरकारको नयाँ व्यवस्थाअनुसार दूरसञ्चार सेवा शुल्क घटाउने तयारी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुगलले आफ्ना कर्मचारीलाई किन भन्यो सबै प्रमाण नष्ट गर्नु ?
मंसिर ६, २०८१ बिहिबार
आईटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ
कात्तिक २९, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार