ख्वपमा मानविकी र समाज विज्ञानको महत्वबारे अन्तरक्रिया हुने
नेपालबहस संवाददाता
साउन २, २०७९ सोमबार १८:५१:५५
२ साउन, भक्तपुर । भक्तपुरको ख्वप कलेजले मानविकी र समाज विज्ञानको महत्वलाई उजागार गर्न ‘मानविकी तथा समाज विज्ञान र युवा’ विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । मानविकी संकायको महत्वबारे युवा जमातलाई बुझाई यसलाई अझ ब्यापक बनाउन कार्यक्रम गर्न लागेको कलेजले जनाएको छ ।
कार्यक्रम बुधबार बिहान ८ बजे कलेजमै हुनेछ । कार्यक्रममा विभिन्न कलेज र विद्यालयहरूमा अध्ययनरत विद्यार्थी, प्राध्यापक, शिक्षकहरूबीच अन्तरक्रिया हुनेछन् । त्यसका लागि विभिन्न कलेज तथा विद्यालयमा रहेका प्राध्यापक, शिक्षक तथा विद्यार्थीलाई निमन्त्रण गरेको आयोजक कलेजले जनाएको छ ।
कलेजको मानविकी संकायअन्तर्गत बिए बिएएसडव्लू तथा एमए इगलिशका इन्चार्ज कमिनिका न्याइच्याईले कार्यक्रम चार चरणमा विभाजन गरी हुने जानकारी दिए । उनका अनुसार पहिलो चरणमा कलेजमा मानविकी अध्ययन अध्यापनका विषयमा प्रस्तुतीकरण हुनेछ ।
दोस्रो चरणमा कलेजका पत्रकारिताका सहप्राध्यापक सृजना खड्काको मध्यस्थतामा बागमती प्रदेशका सांसदद्वय सुरेन्द्रराज गोसाई र सृजना सैंजूसँंग छलफल हुनेछ । तेस्रो चरणमा प्रश्नउत्तरको छलफल कार्यक्रम हुनेछ भने अन्तिम चरणको फिडब्याक सेसनमा कलेजका प्राचार्य रूपक जोशी, सहप्राचार्य डा। राजेशकुमार श्रेष्ठ र ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले मन्तव्य राख्नेछन् । आयोजक कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा गरी चारवटै संकायमा स्नातकोतर तहसम्मै अध्ययन हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार