तराईका बजारमा हरियो पहिरन किन्नेको चहलपहल
नेपालबहस संवाददाता
साउन २, २०७९ सोमबार २१:२५:२९
♦ सुधा देव
२ साउन, सप्तरी । सप्तरी तिलाठी कोइलाडी गाउँपालिकाकी ४३ वर्षीया रूबी झा आइतबार राजविराज बजारमा हरियो साडी किन्दै थिइन् । उनी परिवारका अन्य सदस्यहरूसँगै किनमेलमा व्यस्त थिइन ।
उनका अनुसार हरेक वर्ष साउनभर हरियो पहेँलो लगाउँदा मनमा सान्ति मिल्छ । छरछिमेकका साथीहरूले पनि हरियो पहिरन लगाउने हुँदा आफूले पनि साउन महिना भरिनै हरियो पहिरनमा सजिन गरेको बताइन ।
साउनको पहिलो दिनदेखि नै तराईका साना ठूला बजारमा हरियो, पहेँलो पहिरन किन्ने किशोरी र महिलाहरूको चहलपहल बढेको छ । झाले पनि घरपरिवारका सबै महिलाका लागि हरियो चुरा, पोते, टीका किनेको बताइन ।
सप्तरी राजविराज नगरपालिका-७ की २० वर्षीया पार्वती यादवले पनि हरियो चुरा र टीका किनिन् । साउन लागि सक्यो । सम्झना भएदेखि प्रत्येक वर्ष साउनको सुरूवातसँगै हरियो पहिरन लगाउँदै आएको र यसपालि पनि किनेर ल्याएको उनले बताइन् ।
राजविराज नगरपालिका-१ की ४६ वर्षीया हेमलता चौधरीले पनि १ साउनबाटै हरियो चुरा, टीका र पोते लगाउन थालेकी छिन् । उनले भनिन् ‘किन लगाउँछु भन्दा पनि सबैले लगाउने हुँदा आफूले पनि लगाउने गरेकी छु ।’
सबैले लगाएपछि आफूले मात्र नलगाउँदा नरमाइलो लाग्ने गरेको उनको भनाइ छ । उनले भनिन्, ‘साउन महिना भगवान शिवजीको प्रिय महिना हो । शिवजीलाई हरियो रंग मन पर्ने भएकोले चारैतिर हरियाली छाउने गरी हरियो पहिरन लगाएकी हुँ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
वडाध्यक्षको तरकारीखेती मोह
पुष २६, २०८१ शुक्रबार
कृषि विकास बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित
पुष २६, २०८१ शुक्रबार