पटेर्वा सुगौलीमा कमिशन भागवण्डामा कर्मचारीबीच विवाद, ईन्जिनियर चौरासियाले कमिशन लुकाएको आरोप
आबिद हुसेन
साउन २, २०७९ मंगलबार १:०:५०
२ साउन, बीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा कमिशन भागवण्डाको विषयमा कर्मचारीबीचमा नै आन्तरिक विवाद बढेको छ ।
पालिकाका भौतिक पूर्वाधार शाखाका सिभिल ईन्जिनियर प्रदीप चौरासियाले निर्माण तथा अन्य कामबाट उपभोक्ता समिति र ठेकेदारबाट असुल गरेको कमिशनको रकम बाडफाँडमा कर्मचारीबीच नै विवाद उत्पन्न भएको हो ।
ठेकेदार, उपभोक्ता समिति, गोप्य ठेक्कापट्टा र मिलोमतोमा कोटेशनमा काम गरेकाहरुबाट ईन्जिनियर चौरासियाले २५ प्रतिशत कमिशन पहिले नै उठाएर लिने गरेका थिए ।
नवनिर्वाचित प्रतिनिधि आएपछिको समयमा उठाइएको कमिशन बाडफाँडमा विभेद भएपछि भागवण्डाको विवाद बाहिरिएको हो । भागबण्डामा कुरा नमिलेपछि कर्मचारीले नै घटना बाहिर ल्याएका हुन् । गत बैशाखदेखि असार अन्त्यसम्ममा ईन्जिनियर चौरसियाले ६० लाख रुपैयाँ कमिशन उठाएको स्रोतको दावी छ । कमिशनबाट उठेको पैसा चौरसियाले एउटा बैंकको खातामा राखेको कर्मचारी नै बताउँछन् ।
ठेक्कापट्टा तथा उपभोक्ता समितिले गरेको काममा कम काम गरेर बढी मूल्यांकन गरिदिएबापत चौरसियाले कमिशन उठाउने गरेका थिए । ‘उठाइएको कमिशन दामासाहीका हिसाबले कर्मचारीबीच भागबण्डा गरिने आन्तरिक सहमति थियो,’ एक कर्मचारी भन्छन्, ‘तर अहिले बाँडफाँड गर्ने बेला चौरसियाले कमिशन लुकाउँदा विवाद हुन पुग्यो ।’
यस्तै उपभोक्ता समितिमार्फत काम गरेका उपभोक्ता समितिका एकजना अध्यक्षले ईन्जिनियर चौरसियालाई कमिशन नदिँदा आफूले गरेको कामको कम मूल्यांकन गरेर भुक्तानी गरेको गुनासो गरे । पालिकाले नै दिएको इस्टिमेट अनुसार काम गर्दा पनि २५ प्रतिशत कमिशन मागेपछि त्यो नदिँदा भुक्तानी नै घटाइदिएको ती अध्यक्षको दावी थियो ।
यसैबीच ईन्जिनियर चौरसियाले भने आफूले कमिशन लिएर कुनै पनि काम नगरेको दावी गर्छन् । कर्मचारीबीच पनि सुमधुर सम्बन्ध रहेको भन्दै उनले कमिशनबाट आफूले कुनै काम नगरेको बरु कम काम गरेर बढी लिन खोज्नेको रकम कट्टा गरेर वास्तविक गरेको कामको मूल्यांकन गरेर मात्रै भुक्तानी गराएको उनको भनाई छ । कम काम गरेर बढी भुक्तानी लिन खोज्नेहरुलाई ठीक पार्दा उनीहरुले आफूलाई बदनाम गर्न झुठा लान्छना लगाएको हुनसक्ने उनको दावी थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार