पाथीभरा जाने पदर्मागमा पूर्वाधार थपिँदै
नेपालबहस संवाददाता
साउन ३, २०७९ मंगलबार १९:५८:५७
३ साउन, फुंलिङ, । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने पदर्मागमा विभिन्न पूर्वाधारका काम विस्तार गरिदै लगिएको छ । हिमपातको समयमा हिउँले पुरिएर बाटो भुलिने र हिउँमा चिप्लिने जस्ता हैरानी खेप्नुपर्ने बाध्यता भएकाले पदर्मागमा फाइवरको ट्रस हालिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । सो पदमार्गमा गत साता ९४ मिटर ट्रस लगाउने कार्य सम्पन्न भएको छ । सरकारबाट प्राप्त रु ३० लाख बजेटले समितिले सो ट्रस लगाएको हो ।
सो पदमार्गमा प्रत्येक वर्ष क्रमिकरुपमा मर्मत गर्ने, सोलिङ, रेलिङ र ट्रस लगाउँने कार्य हुँदै आएको छ । अहिलेसम्ममा मन्दिरदेखि करिब ६०० मिटर ट्रस लगाएको कार्यकारी निर्देश काफ्लेले बताउए । उनले भने “यसपटक ट्रस लगाउने काम ठूलो घण्टी भन्ने ठाउँसम्म विस्तार गरिएको छ । हिमपातको बेला अधिक चिप्लो हुने त्यस भन्दा तलको भागमा रेलिङ हालिएको छ ।”
कार्यकारी निर्देशकका अनुसार बाटोमा सार्वजनिक धारा निर्माण गरिएको छ । छिट्टै पम्पिङ गरेर धारामा पानी झारिने छ । बाटोमा शौचालय थपिएको छ । पानीको आपूर्तिसँगै शौचालयको सफाइ सहज बन्ने छ । कान्छिथान नजिक शान्त स्थानमा ध्यान केन्द्रसमेत निर्माण गरिएको छ । मन्दिरदेखि क्रमिकरुपमा साढे दुई किलोमिटर माथिल्लो फेदीसम्म ट्रस लगाउने समितिको लक्ष्य छ ।
कार्यकारी निर्देशक काफ्लेले समितिसँगको समन्वयमा उकालो बाटो सुधार गरी सहज बनाइएको बताए । “ग्रामीण बस्तीबाट पाथीभरा आउने पैदल मार्र्ग विकास गरिएको छ । पाथीभरामा एक उद्धार केन्द्र, चिया खाने ठाउँ, आराम स्थल र शौचालयको लागि प्रिफ्याब घर निर्माण थालिएको छ”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
बालबालिकाको सर्वाङ्गीण विकासका लागि विशेष ध्यान दिन्छौंः मुख्यमन्त्री कार्की
मंसिर २१, २०८१ शुक्रबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार