स्पाई थ्रिलर फिल्ममा शाहरुखको नजर
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
साउन ३, २०७९ मंगलबार २०:९:४२
![](https://nepalbahas.prixacdn.net/media/albums/Shahrukh-Khan_7CTDztFRTu.jpg)
३ साउन, काठमाडौं । बलिउडमा हालैमात्र ३० वर्ष पूरा गरेका अभिनेता शाहरुख खान हाल चार फिल्ममा काम गरिरहेका छन् । जसमा ‘पठान’, ‘टाइगर ३’, ‘डंकी’ र ‘जवान’ छन् । बलिउडको व्यापार विश्लेषक तथा बलिउडको विकास दरलाई नजिकबाट नियालिरहेका विज्ञहरुले हालैमात्र शाहरुखको आगामी रणनीतिका बारेमा नयाँ जानकारी दिएका छन् ।
उनीहरूका अनुसार शाहरुख यतिबेला धेरै लेखक तथा निर्देशकको सम्पर्कमा छन् । यद्यपि उनी हाल छायांकनरत फिल्मको काम फाइनल गर्न केन्द्रीत छन् । यी फिल्मको काम सकिएपछि उनको सम्पर्कमा रहेका निर्देशकको फिल्मलाई ‘हरियो झन्डा’ देखाउने सोच शाहरुखको छ ।
शाहरुख र निर्माताहरूलाई ‘पठान’बाट ठूलो आशा छ । यो फिल्म आगामी वर्ष रिलिज हुँदैछ । यसै वर्षको अक्टोबरबाट शाहरुखले यो फिल्मको आक्रामक रुपमा प्रमोसन गर्दैछन् ।
शाहरुख स्पाई थ्रिलर फिल्ममा अभिनयलाई केन्द्रीत गरिरहेका छन् । उनी सलमान खानका साथ २७ वर्षपछि पुनरागमन गर्न लागेको एक प्रोजेक्टमा व्यस्त छन् । उनी निकट स्रोतले यसको कारण पनि बताएका छन् । आदित्य चोपडाको भिजनबाट प्रभावित भएकै कारण शाहरुखको स्पाई थ्रिलर फिल्मप्रति लगाव बढेको हो ।
हाल नयाँ फिल्मको स्क्रिप्टको काम गरिरहेकाले निर्देशन कसले गर्ने र फिल्मलाई ‘लार्जर देन लाइफ’ या ‘स्लाइस अफ लाइफ’ कुन विधामा लाने भन्ने निक्र्योल भएको छैन ।
हाल आदित्य चोपडा स्पाईस युनिभर्सको फिल्ममा केन्द्रीत छन् । यसलाई उनी आगामी वर्षबाट सुरु गर्दैछन् । फिल्ममा उनी ‘पठान’, ‘टाइगर ३’ र ‘वार’ बाट शाहरुख, सलमान र ऋतिक रोशनको भूमिकालाई सामेल गराउनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
मेसिनबाट धान रोप्दै प्रधानमन्त्री प्रचण्ड (तस्बिरहरू)
असार १५, २०८१ शनिबार
गुल्मीमा पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु
असार १५, २०८१ शनिबार
स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु
असार १५, २०८१ शनिबार
युरोकपको नकआउटमा जर्मनी र डेनमार्क खेल्दै
असार १५, २०८१ शनिबार
शरीरलाई चलायमान नबनाए हुन सक्छ हृदयघात, मधुमेह र स्तन क्यान्सर जस्ता रोग !
असार १५, २०८१ शनिबार
पराग्वेमाथि ब्राजिलको फराकिलो जित
असार १५, २०८१ शनिबार