इन्जिनियरहरुलाई प्रधानमन्त्रीको निर्देशन ‘विकास निर्माण गर्दा गुणस्तरमा ठग्ने काम नगर्नू’
नेपालबहस संवाददाता
साउन ३, २०७९ मंगलबार २१:३३:१२
३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विकास निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षका इन्जिनियरलाई निर्देशन दिएका छन् । विकास निमार्णको काम गर्दा गुणस्तरमा ठग्ने काम भएको भन्दै देउवाले यसरी गुणस्तर ठग्ने काममा सम्लग्न भएको पाइए कारवाही गर्ने चेतावनीसमेत दिएका छन् ।
मंगलबार ६० औँं इन्जिनियर दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले सरोकारवालाबीच समन्वय कायम गरी विकास, निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्ष सचेत भएर लाग्नुपर्ने बताए ।
उनले जनताको आवश्यक्ता अनुसार मुलुकको समृद्धिका लागि पूर्वाधार निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरु थप क्रियाशील भएर आफ्नो काममा लाग्नुपर्नेमा जोड दिए ।
देउवाले भने,‘राष्ट्रिय विकास र आर्थिक समृद्धिको बाटो कोर्न र जनताका आवश्यक्तालाई चाँडै सम्बोधन गर्न राज्यको परिकल्पना अनुसार विकास, निर्माणको लागि अग्रणी भूमिका निर्वाह गर्ने इन्जिनियर नै हुन् । सुविधासम्पन्न राष्ट्र निर्माणमा इन्जिनियरको योगदान अतुलनीय हुन्छ । समयको गतिसँगै यस पेशालाई थप व्यवसायिक र विशिष्ट बनाउँदै राष्ट्रिय आवश्यक्ता पूर्ति हुने गरी विकास गर्दै जानुपर्ने खाँचो छ । यसका लागि ठग्नेभन्दा इमान्दार भएर काम गर्ने बानिबसाल्नुस ।’
देशलाई समुन्नत र समृद्ध बनाउन सडक, पुलपुलेसा, जलविद्युत आयोजना, सूचना प्रविधिलगायत पूर्वाधारको विकासको आवश्यक्ता हुने प्रधानमन्त्री देउवाले स्पष्ट पारे । देशलाई समुन्नत र समृद्ध बनाउन सडक, पुलपुलेसा, जलविद्युत आयोजना, सूचना प्रविधिलगायतको पूर्वाधारहरुको विकासको आवश्यक्ता हुने र त्यस्ता संरचनालाई गुणस्तरीय तरिकाले निर्माण गर्नु पर्ने उनले बताए ।
देउवाले पूर्वाधार विकासको माध्यामबाट देशलाई समृद्ध बनाउने काममा इन्जिनियर आगामी दिनमा थप क्रियाशील हुन जरुरी रहेको भन्दै सबै सरोकारवालाबीच समन्वय कायम गरी मुलुकमा योजनावद्ध तरिकाले गुणस्तरीय विकास, निर्माणको काम अगाडि बढाउन सहयोग गर्नुपर्ने बताए ।
उनले त्यस काममा इन्जिनियरले आफ्नो पेशालाई थप व्यवसायिक र विशिष्ट बनाउँदै लैजाने विश्वास समेत व्यक्त गर्दै विकास, निर्माणको काममा इन्जिनियरलाई कुनै समस्या भए ती समस्यालाई तत्काल समाधान गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार