जरिवानाबाट ६४ लाख राजस्व संकलन
नेपालबहस संवाददाता
साउन ४, २०७९ बुधबार १६:५८:३६
४ साउन, म्याग्दी । म्याग्दीमा आर्थिक वर्ष २०७८/७९ मा ट्राफिक नियम उल्लङ्घन गर्ने नौ हजार ४५० सवारीसाधनका चालकलाई कारबाही गरेर रु ६३ लाख ९१ हजार राजस्व संकलन भएको छ ।
प्रयोजनविपरीत, क्षमताभन्दा बढी यात्रु बोक्ने, गलत ठाउँमा पार्किङ गर्ने, चालक अनुमतिपत्र र सवारीधनीपत्र नभएकालाई कारबाही गरी सो राजस्व संकलन गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक इन्द्रबहादुर नेपालीका अनुसार एक हजार ९५३ मोटरसाइकल चालकलाई कारबाही गर्दा रु १४ लाख ४३ हजार, एक हजार ३४४ ट्र्याक्टर चालकबाट रु आठ लाख ९९ हजार, चार हजार ४३६ जिप/कार चालकबाट रु २९ लाख ६२ हजार, ५३६ बस चालकबाट रु तीन लाख २५ हजार र एक हजार १८१ ट्रक चालकबाट रु सात लाख ६२ हजार जरिवाना असुली भएको छ ।
सबैभन्दा बढी वैशाखमा एक हजार २५० सवारीसाधनका चालकलाई कारबाही गर्दा रु नौ लाख १५ हजार जरिवाना असुली भएको नेपालीले जानकारी दिए ।
आव २०७७/७८ मा चार हजार ८५० सवारीसाधनका चालकलाई कारबाही गरेर रु ३० लाख ७३ हजार राजस्व संकलनभएको थियो । आव २०७६/७७ मा तीन हजार ६०० सवारीसाधनका चालकलाई कारबाही गरेर रु २२ लाख १९ हजार, २०७५/७६ मा ६ हजार २०० सवारीसाधनका चालकबाट रु ४१ लाख ९३ हजार तथा आव २०७४/७५ मा आठ हजार ४०० सवारीसाधनका चालकबाट रु ५७ लाख ६६ हजार राजस्व संकलन गरिएको नेपालीले बताए ।
गत वर्ष म्याग्दीमा भएका १८ दुर्घटनामा १५ जनाको ज्यान गएको थियो । नौ जना गम्भीर र नौ सामान्य घाइते भएका थिए । प्रहरी नायब निरीक्षक नेपालीले जाँचका साथै दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालना गराउन चालक, यात्रु र नागरिक लक्षित कार्यक्रम गर्दै आएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
कांग्रेस–एमालेको सरकार बनेपछि विकासले लय समातेको छ : उपमहासचिव ज्ञवाली
माघ ८, २०८१ मंगलबार
पाँचौँ ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन नेपालमा हुने
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट
माघ ८, २०८१ मंगलबार
बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव
माघ ८, २०८१ मंगलबार
भारतीय सुरक्षा बलसँगको भिडन्तमा शीर्ष कमान्डरसहित १४ माओवादीको मृत्यु
माघ ८, २०८१ मंगलबार
मकवानपुरबाट ६ किलो गाँजासहित एक जना पक्राउ
माघ ८, २०८१ मंगलबार