नवलपरासीमा मतदाता नामावली दर्ता गर्नेको संख्या बढ्दो
नेपालबहस संवाददाता
साउन ४, २०७९ बुधबार १८:०:५२
४ साउन, कावासोती । जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वमा मतदाता नामावली दर्ता गर्नेको संख्या बढेको छ । कार्यालयमा अहिले दैनिकरुपमा मतदाता नामावली दर्ता गर्नेको संख्या उल्लेख्य बढेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद भुसालले बताए ।
स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम सरकारले गत असार १ गतेदेखि सुरु गरेको थियो । सुरुका दिनमा सेवाग्राही खासै आएका थिएनन् । पछिल्ला केही दिनदेखि कार्यालयमा उल्लेख्य मात्रामा नयाँ मतदाता नामावली दर्ताका लागि सेवाग्राही आउने गरको कार्यालय प्रमुख भुसालले बताए ।
असारमा मात्रै जिल्लामा पाँच हजार २२२ नयाँ मतदाता थपिएका छन् । यस अवधिमा दुई हजार ६५८ महिला र दुई हजार ५६४ पुरुष मतदाता थपिएका छन् । यस्तै यसै अवधिमा ५८७ जनाको ठाउँसारी र ७४ जनाको सच्चाउने गरी ६६१ जनाको मतदाता नामावली अध्यावधिक गरिएको कार्यालय प्रमुख भुसालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
स्वर्णलक्ष्मी सहकारी ठगी: रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित
पुष २८, २०८१ आइतबार
सहकारी ठगी प्रकरण : रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै
पुष २८, २०८१ आइतबार
दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको युक्रेनको दावी
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ति नजिकीएसँगै सखरखण्डर र पिँडालुको मूल्य आकाशियो
पुष २८, २०८१ आइतबार
आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने, दिउँसो पत्रकार सम्मेलन
पुष २८, २०८१ आइतबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार