थारु गाउँमा सामूहिकरुपमा हर्धौवा पर्व मनाइँदै
नेपालबहस संवाददाता
साउन ४, २०७९ बुधबार २१:०:९
४ साउन, टीकापुर । कैलालीका थारु समुदायले गाउँघरमा सामूहिकरुपमा हर्धौवा पर्व मनाइरहेका छन् । खेतीपातीको काम सकेको खुशीयालीका रुपमा हर्धौवा पर्व मनाउने चलन छ ।
रोपाइँ सकेको खुशाीयालीस्वरुप मनाइने पर्व हर्धौवा थारु समुदायका विभिन्न गाउँमा मनाउन थालिएको हो । हर्धौवा पर्वमा थारु समुदायले गाउँघरमा बुङ्गुर मारेर सबै जना जमघट गर्दै रमाइलो खानपानसहित मनाउने चलन रहेको जानकी गाउँपालिका वडा नं ३ का मानबहादुर चौधरीले बताए ।
“असार महिनाभरि किसान खेतमा व्यस्त रहने, खेती गर्दाको थकाइ मेट्न, सबै किसान मिलेर मासुको जोहो गरेर, मीठामीठा परिकार बनाएर थकाइ मेट्ने चलन छ”, उनले भने, “गाउँका सबैको खेती रोपाइँ सकिएकाले आजभोलि किसान मिलेर खानपान र रमाइलो गरिरहेका छन् ।”
उनले घरघरमा भएका नयाँ तरकारी पकाउने, अन्य समयभन्दा मीठो खाने चलन रहेको बताए । थारु गाउँघरका सबैजसो गाउँमा हर्धौवा पर्व मनाउन थालिएको छ । कुनै समुदायमा रोपाइँ सकिएको दिन रमाइलो गरेर मनाउने गरेका हुन्छन् भने कुनै गाउँमा सबै जना एकै दिन पारेर सामूहिकरुपमा मनाउने गरेका हुन्छन् ।
महिनौँ दिनसम्म खेतीपातीका काममा व्यस्त रहने भएकाले मीठो खान नपाइने र नातेदारसँग भेटघाट नहुने भएकाले खेती सकेपछि सबै जना जमघट हुने, मीठो परिकार खाने अवसरका रुपमा हर्धौवा मनाइने गरिएको किसान अगुवा सुन्दर चौधरी बताउछन् ।
हर्धौवामा थारु समुदायमा मासु अधिकरुपमा खाने चलन छ । खेतीपातीको काम गर्दा शक्ति नाश भएको महसुस गरिने भएकाले हर्धौवा पर्वमा शक्ति प्राप्त गर्न माछा, मासु, पकौँडा, फुलौरालगायत प्रथा जनित खानपिन गर्ने गरिन्छ । थारु समुदायका अगुवा हरि चौधरी हर्धौवा मनाउनु थारु समुदायको परम्परा र संस्कृतिसँग जोडिएको संस्कार भएकाले पनि यसलाई निरन्तरता दिने गरिएको बताउछन् ।
यसपछिका दिन थारु समुदायका पुरुष खेतमा सिँचाइका लागि रेखदेख गर्ने गर्दछन् भने महिला परम्परागत सामग्री ढकिया, डेलिया लगायतका सामग्री बुन्ने, माछा मार्ने काम गरेर समय व्यवस्थापन गर्दछन् । महिलाले बनाउने ढकिया, डेलिया अन्नपात र सरसामान राख्न प्रयोग हुने गर्दछन् । त्यसबाहेक फुर्सदमा माछा मारेर महिलाले तरकारीको जोहो गर्ने गर्दछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नेपाललाई हिन्दू अधिराज्य बनाउने विषयमा दिल्लीमा बहस
पुष १६, २०८१ मंगलबार
मौन स्नान गरी मनाइयो सोमबारे औँशी
पुष १५, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
वैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार