पहिराेका कारण सिद्धाकोथान–जुङ्गु सडक अवरुद्ध
नेपालबहस संवाददाता
साउन ४, २०७९ बुधबार २३:३८:३९
४ साउन, चरीकोट । निरन्तरको वर्षका कारण पहिरो जाँदा सिद्धाकोथान–जुङ्गु सडक अवरुद्ध भएको छ । केही दिनदेखि लगातार वर्ष भएपछि सो सडकखण्डको बैतेश्वर गाउँपालिका–८ देउरालीमा ठूलो पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।
बैतेश्वर गाउँपालिका–८ क्षत्रपा यवो देउरालीमा पहिराले सडकको ठूलो भाग बगाएपछि सडक अवरुद्ध भएको बैतेशवर गाउँपालिका–८ क्षत्रपाका वडाध्यक्ष शान्तबहादुर जिरेलले बताए । बैतेश्वर गाउँपालिका र गौरीशंकर गाउँपालिका जाने उक्त सडक पहिराले भत्किएपछि सो क्षेत्रका नागरिकलाई आवतजावत गर्न समस्या भएको छ । भिरको बाटोमा सडकको ठूलो क्षेत्र पहिराले बगाएपछि आज बिहानैदेखि सवारी आवतजावत बन्द भएको र तत्काल सञ्चालन हुने अवस्था नभएको अध्यक्ष जिरेलले बताए ।
पहिराले सडक अवरुद्ध गरेपछि क्षत्रपा, यवो, जुङ्गु, कसेरी, चेत्पु, हुक्पा, झयाकुलगायत क्षेत्रका स्थानीयवासीलाई समस्या भएको छ । वैकल्पिक सडक नहुँदा पहिराले सडक बगाएपछि उक्त क्षेत्रका नागरिकलाई खाद्यान्न ढुवानी तथा उक्त क्षेत्रमा उत्पादित आलु बजारसम्म निर्यात गर्नका लागि समस्या भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार