समातेको हिरा खै ? इन्स्पेक्टर साप !
नेपालबहस संवाददाता
साउन ५, २०७९ बिहिबार १८:२८:१४
५ साउन, काठमाडौं । गत सोमबार राजधानीको प्रमुख मध्येको एक नाका फर्पिडमा लाखौं रुपैयाँ बराबरको हिरा प्रहरीले बरामद गर्यो । कसैले पोल लगाइदिएकै कारण इन्स्पेक्टर गणेश सापकोटा नेतृत्वको प्रहरी टोलीद्धारा समातिएको उक्त हिरा केहीबेरमै केही रकम लेनदेन गरेकै कारण जसको हो, उसैले फिर्ता पायो ।
प्रहरी निरीक्षक गणेश सापकोटाको चित्त बुझाएर व्यापारीले हिरा फिर्ता लिएको बताइएको छ । स्वयम् फर्पिडकै प्रहरी उक्त हिरा किन समातियो र केहीबेरमै किन छोडियो ? त्यसैमा अचम्म मान्दैछन् ।
प्रहरीले हिरा फिर्ता गर्नु अघि नै सुन तथा हिरा व्यापारीबीच खैलाबैला मच्चिसकेको थियो । हिरा व्यापारी जसरी हुन्छ, प्रहरीलाई मनाएर त्यहीँबाट त्यो हिरा प्रहरी कब्जाबाट फुत्क्याउन चाहान्थे । प्रहरीलाई चोरीको तथा अवैद्य हिरा नभएकाले यस सम्वन्धमा कुनै कारवाही गर्ने कानून नै नभएको तर्क व्यापारी पक्षको थियो । प्रहरीले भने समातिएको हिरा सम्वन्धित व्यक्तिसहित राजस्व अनुसन्धान विभागमा पठाउने धम्की दिइरहेको थियो ।
तर, अन्त्यमा मोटो रकम लेनदेनकै आधारमा हिरा व्यापारिले हिरा फिर्ता पायो, घट्ना सामसुम पार्न खोजियो, स्रोतले भन्यो । तर प्रहरीको एक समूह भने असन्तुष्ट बनिरहेको छ ।
प्रहरीले बरामद गरेको हिरा कसरी छाडियो भनेर इन्स्पेक्टर सापकोटासँग सम्पर्क गर्दा अन्कनाउँदै “अँ त्यो खासै हिरा होइन रहेछ । अनी छाडियो ।” तपाईले नै लेनदेनपछि फिर्ता गरेको भन्ने आरोप छ नि ? भन्दा इन्स्पेक्टर सापकोटा भन्छन्, “केटाहरुले समातेका रहेछन्, म फर्कँदा छुटिसकेको रहेछ ।”
स्मरणीय छ, इन्स्पेक्टर गणेश सापकोटा यसअघि रसुवामा कार्यरत रहँदा पनि सुन ओसारपसार प्रकरणमा विवादित मानिन्थे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार