बाढीको कारण विभिन्न स्थानमा धनमाल नष्ट
नेपालबहस संवाददाता
साउन ५, २०७९ बिहिबार १८:५८:१४
५ साउन, काठमाडौं । अविरल वर्षासँगै आएको बाढीले देशका विभिन्न स्थानमा धनमाल नष्ट गरेको छ । दार्चुलाको अपिहिमाल गाउँपालिका–४ मट खोलामा बुधबार आएको बाढीले सोही ठाउँस्थित मट खोला गाउँ र भट्टाड गाउँ जोड्ने काठे पुल बगाएको छ ।
पुल बगाउँदा आवतजावतमा बाधा परेको छ । नुवाकोटको शिवपुरी गाउँपालिका–७ चापाकोटमास्थित ठाडो खोलामा बुधबार राति आएको बाढीले बा.९६ प ९८९७ नम्बरको मोटरसाइकल बगाएको छ ।
खोलाले मोटरसाइकल बगाएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट गुर्जेबाट खटिएको प्रहरीले मोटरसाइकल चालक बिदुर नगरपालिका–९ किम्ताङ बस्ने ३५ वर्षीय सुक बहादुर तामाङलाई उद्दार गरी उपचारका लागि काठमाडौं पठाएको छ । खोलाले सडकमा गेगर बगाई ल्याउँदा सडक अवरोध भएकोले खुलाउने पहल भइरहेको छ ।
बाजुराको हिमाली गाउँपालिका–५ क्युडीस्थित क्युडी खोलामा बुधबार आएको बाढीले सोही ठाउँ बस्ने अभिमान लुहारको बाख्राको खोर र ८० घर परिवारको धान रोपेको खेत बगाएको छ । घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार