सिरहामा सौर्या सिमेन्टका मजदुर आन्दोलित
नेपालबहस संवाददाता
साउन ६, २०७९ शुक्रबार १८:३:४५
६ साउन, सिरहा । सिरहाको मिर्चैयास्थितको सौर्या सिमेन्ट उद्योगमा कार्यरत मजदुरहरू आन्दोलित भएका छन् । सौर्या सिमेन्ट उद्योगमा कार्यरत मजदुरहरूले तलब, सुरक्षालगायतका १२ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका हुन् ।
यसअघि उद्योग र मजदुरबीच भएको सहमतिअनुसार तलब, सुरक्षा र सम्पूर्ण सुविधा नदिएपछि मजदुरहरू आन्दोलन गर्न बाध्य भएको मजदुर मोहित महराले बताएका छन् । उनका अनुसार झमजदुरहरू गत मंसिरमा १२ बुँदे माग राख्दै आन्दोलन गरेपछि उद्योगको व्यवस्थापन पक्ष र मजदुरबीच सहमति भएको थियो ।झतर उद्योगले सहमतिविपरीत कर्मचारी हटाउने, सेवा सुविधा नदिने लगायतका क्रियाकलाप देखाउन थालेपछि मजदुरहरु पुनः आन्दोलनमा उत्रिएका छन् ।
माग पूरा गर्न उद्योगको आन्तरिक मेमो
मजदुरको आन्दोलनपछि उद्योगको प्रशासन शाखाले गत ६ मंसिरमा ९ बुँदे आन्तरीक मेमो जारी गरेको थियो । जसमा श्रमिकको न्यूतम पारिश्रमिक, ८ घण्टाभन्दा वढी काम गरेकालाई नियमानुसार रकम भुक्तानी गरिने, ८ घण्टा काम गर्दा आधा घण्टा र १२ घण्टाबढी काम गर्दा १ घण्टा अनिवार्य विश्राम दिनुपर्ने, कामदारको कामको प्रकृति हेरी औषधि उपचार, दुर्घटना बिमा, सामाजिक सुरक्षा कोषको सुविधा, सुरक्षा साधन, साप्ताहिक विदा, शौचालय र विश्राम स्थल निर्माण, पिउने पानीको व्यवस्था, प्राथमिक उपचारको निम्ति एम्बुलेन्स, उद्योग परिसरभित्र वातावरण स्वच्छ राख्न हरियाली अभियानको रुपमा वृक्षारोपण कार्य अघि बढाउन र ट्यांकरले सडकमा पानी छर्किने काम गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । तर, उद्योगका जेनरल म्यानेजर जीवन नेपालले मजदुरहरूसँग कुनै पनि समझौता नरहेको जिकिर गरे ।
यसअघि मजदुरले १२ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएपछि प्रशासन प्रमुख नेपालले उद्योगको आन्तरिक विषय भएकोले छलफल गरी टुंगोमा पुग्नुपर्ने बताएका थिए । उद्योगले आन्तरिक मेमो पनि जारी गरिसकेको अवस्थामा आधारभूत माग पूरा हुन नसक्नुले आफूहरु असुरक्षित भएको आन्दोलनरत पक्षको भनाइ छ ।
मजदुरहरूको आन्दोलनले उद्योगको कामकाज ठप्प भएको छ । उक्त उद्योगमा १५० जना नेपाली र २५० जना भारतीय कामदार कार्यरत छन् ।
तस्विरहरू :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार
सार्वजनिक यातायात : सरकार भाडा दर मात्र बढाउँछ छैन सुधारका योजना [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
विश्वकै शक्तिशाली भवन हिम आँधीको चपेटामा [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
तराईमा शीतलहरको कहर: जोखिम बढ्दो, पूर्वतयारी सुस्त !
पुष २६, २०८१ शुक्रबार
हुम्लाको खार्पुनाथमा एक महिनादेखि सिटामोलसमेत अभाव
पुष २६, २०८१ शुक्रबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार