वीरबहादुर खड्काको संयोजकत्वमा महिला साफको आयोजक कमिटी गठन
नेपालबहस संवाददाता
साउन ६, २०७९ शुक्रबार २०:५६:३३
६ साउन, काठमाडौं । वरिष्ठ उपाध्यक्ष वीरबहादुुर खड्का (बच्चु) को संयोजकत्वमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले १८ सदस्यीय साफ च्याम्पियनसिप आयोजक समिति गठन गरेको छ । शुक्रबार एन्फाले चारै उपाध्यक्षसहित प्रतियोगिता सञ्चालनका लागि १८ सदस्यीय आयोजक समिति गठन गरेको हो ।
यसअघि बिहीबारको एन्फा कार्यसमिति बैठकमा साफ च्याम्पियनसिप आयोजनाको एजेन्डा रहे पनि विवादको कारण बैठक बस्न सकेन । तर, एन्फाले शुक्रबार आफ्नो साइटमार्फत आयोजक समिति गठनसहित मुख्य प्रशिक्षक, भेन्यु म्यानेजरलगायत विभिन्न समिति गठन गरेको जनाएको हो ।
यस्तै, रवीन्द्र चन्दलाई एन्फाले भेन्यु म्यानेजरको जिम्मेवारी सुम्पिएको छ । यता, विजय घले ‘लोकल जेनेरल कोर्डिनेटर’ नियुक्त भएका छन् । दिनेश व्यञ्जनकारले सुरक्षा विभाग पाएका छन् भने सञ्जिव सिल्पाकारले मार्केटिङ तथा ब्रोर्डकाष्टिङ र डिजिटल राइट्सको जिम्मेवारी पाएका छन् ।
यस्तै, एन्फाले कुमार थापालाई राष्ट्रि महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । पूर्व खेलाडी थापा विभागीय टोली एपीएफ फुटबल क्लबको पुरुष टोलीका मुख्य प्रशिक्षकसमेत हुन् ।
यसअघि अष्ट्रेलियन नागरिक ग्यारी फिलिप्सले महिला टोली छाडेयता टिम प्रशिक्षकविहीन थियो । ग्यारीको अनुपस्थितिमा चेतन घिमिरेले टिम हेरेका थिए ।
यस्तै, एन्फाले महिला फुटबल टोलीको म्यानेजरमा पूर्व महिला संघकी अध्यक्ष बिन्द्रा देवानलाई नियुक्त गरेको छ । महिला साफ ६ देखि १९ सेप्टेम्बरसम्म काठमाडौंमा हुँदै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रीजम्यानको अन्तराष्ट्रिय फुटबलबाट सन्यास
असोज १४, २०८१ सोमबार
साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित
असोज १२, २०८१ शनिबार
वर्षाले स्थगित भयो महिला लिगको आजको खेल
असोज १२, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
बजारमा खसीबोका चिन्नु, हरियो संकेत भएको किन्नु
असोज २०, २०८१ आइतबार
सशस्त्रमा एसपीको सेवा अवधि फिर्ता : नेपाल प्रहरीमा ३० वर्षे हट्यो, १६ वर्षमा पेन्सन
असोज २१, २०८१ सोमबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
सशस्त्रमा एसपीको सेवा अवधि फिर्ता : नेपाल प्रहरीमा ३० वर्षे हट्यो, १६ वर्षमा पेन्सन
असोज २१, २०८१ सोमबार
मैतिदेवीको भगवती मन्दिरमा रंगिचंगी (फोटोफिचर)
असोज २१, २०८१ सोमबार
आजको मौसमः कतै हल्का वर्षा, कतै सफा
असोज २१, २०८१ सोमबार
यस्तो छ आजको अमेरिकी डलर र युरोको खरिद तथा बिक्री दर
असोज २१, २०८१ सोमबार
पञ्चांग निर्णायक समिति भन्छ, आज पनि कुष्माण्डा देवीकै पूजा र आराधना गर्नुपर्छ
असोज २१, २०८१ सोमबार
बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानीको अभाव
असोज २१, २०८१ सोमबार