सत्ता साझेदार कांग्रेसलाई तर्साउन बाम गठबन्धनको हल्ला गरे : प्रदिप ज्ञवाली
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_UIxDgs76ai.jpeg
)
नेपालबहस संवाददाता
साउन ७, २०७९ शनिबार २०:३२:३५
![](https://nepalbahas.prixacdn.net/media/albums/pradip-gewali-press-meet.jpg-e1658566993576_P2sIaZRJu0.jpg)
७ साउन,बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले कांग्रेसलाई तर्साउनका लागि बाम गठबन्धन र बाम एकताको फन्दा चलाइएको बताएका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा ज्ञवालीले कांग्रेसलाई तर्साउन र चुनावका लागि बार्गेनिङ गर्न बाम गठबन्धनको हल्ला फिँजाइएको दाबी गरे ।
कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बन्नेगरी मात्र गठबन्धन गर्ने भनी गरेको निर्णयबाट सत्ता साझेदार अन्य दलले पसिना काढेको चर्चा गर्दै उपमहासचिव ज्ञवालीले भने, अलि पहिले प्रधानमन्त्रीको अफर आयो भन्ने फन्दा चलाइएको थियो, त्यो फेल खायो, अव बाम एकताको फन्दा चलाइएको छ ।ु
कांग्रेसले चुनाव जित्दा खुसी मनाउनेहरूलाई बामपन्थी मान्न नसकिने भन्दै उनले एमालेको नेतृत्व स्वीकार गरेर देश विकास र समृद्धिको एजेण्डा मिल्नेहरूसँग भने चुनावी एकता हुन सक्ने बताए ।
गठबन्धन नगरी चुनाव जितिन्न भन्ने सोँचमा एमाले नरहेको दाबी गर्दै उपमहासचिव ज्ञवालीले एमाले सत्ता प्राप्त गर्नकै लागि जोसँग पनि लहसिनुपर्छ भन्ने मान्यताबाट टाढा रहेको बताए । ुसत्ता नै सबै कुरा हो भनेर जोसँग पनि लहसिने काम एमालेले गर्दैन, ज्ञवालीले भने ।
छुट्टै प्रसंगमा उपमहासचिव ज्ञवालीले नागरिकता विधेयकमा माओवादी केन्द्र आफ्नो अडानबाट पछि हटेर आफ्नै सांसदहरूको भावनामा चोट पुर्याएको बताए । उनले माओवादी केन्द्रकै सांसदहरूले संशोधन प्रस्ताव राखेको नागरिकताको वैवाहिक अंगिकृत नागरिकताको एजेण्डा विपरित विधेयक पास गरिएको बताए । रहस्यमय तरीकाबाट विधेयक पास गरिएको उनको भनाइ छ । वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी पारित विधेयक देशको हितमा नभएको उनको दावी छ ।
नोकरी, व्यापार, व्यवसाय र अन्य क्रियाकलाप गर्न दिए पनि विवाह गरेर ल्याएलगत्तै नागरिकता दिनुपर्ने मागको एमालेले पहिले पनि विरोध गरेको र अहिले पनि विपक्षमा रहेको ज्ञवालीले बताए । वैवाहिक अंगिकृतबहेकका अन्य एजेण्डामा भने सरल र सहज तरीकाले हरेक नेपालीले नागरिकता पाउनु पर्ने पक्षमा एमाले रहेको पनि उनले प्रष्टाए । ुनागरिकता जस्तो संवेदनशील विषयमा विगतका सहमतिलाई पनि लत्याएर जुन रातारात विधेयक पारित गरियो यसले देशलाई अप्ठ्यारोमा पार्ने निश्चित छ,ु ज्ञवालीले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
उत्तरी गोरखाको नुब्री भ्यालीमा भारी हिमपात, टेलिफोन र इन्टरनेट सेवामा समस्या
फागुन ५, २०८१ सोमबार
ताइवानको सीमा नजिक २४ चिनियाँ सैन्य लडाकु विमान
फागुन ५, २०८१ सोमबार
ट्राफिक प्रहरीले गर्यो सवारी जाँचमा कडाइ
फागुन ५, २०८१ सोमबार
भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष
फागुन ५, २०८१ सोमबार
चन्द्रागिरि नगपालिकाले गरेका असल अभ्यास अनुकरणीय छन् : विश्व बैंक निर्देशक भर्गीस
फागुन ५, २०८१ सोमबार