लमजुङमा तीनजनामा डेंगुको संक्रमण
नेपालबहस संवाददाता
साउन ८, २०७९ आइतबार १७:२४:२७
८ साउन, लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकाका तीनजनामा डेंगुको संक्रमण पुष्टि भएको छ । मध्यनेपाल अस्पतालमा उपचारका निम्ती गएका तीनजनाको स्वास्थ्य परीक्षण गर्दा दुईजना पुरुष र एक जना महिलामा डेँगु संक्रमण पुष्टि भएको हो । डेंगु रोग संक्रमण पुष्टि हुनेहरू मध्यनेपाल ६, भोर्लेटारका रहेका छन् । डेंगु संक्रमण पुष्टि भएकामध्ये एकजनाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि पोखरा पठाइएको मध्यनेपाल अस्पतालका डाक्टर सुशील पौडेलले जानकारी दिए ।
अस्पतालमा आएका बिरामीमा डेंगु संक्रमण पुष्टि भएसँगै स्थानीय नगरपालिकाको स्वास्थ्य शाखा र स्वास्थ्य कार्यालय लमजुङमा जानकारी गराइएको अस्पतालले जनाएको छ । लामखुट्टेको टोकाइबाट डेँगु रोगको जोखिम हुने र पछिल्लो समय ठाउँठाउँमा यसको लक्षण देखिएकोले सचेत हुन स्वास्थ्य कार्यालय लमजुङले सर्वसाधरणलाई अनुरोध गरेको छ । एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा मानिसलाई डेंगु रोग सर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
विशेषगरी, बर्खाको समय साउनदेखि कात्तिकसम्म डेंगुको उच्च जोखिम हुने चिकित्सकहरुको भनाइ छ । डेंगु रोग लागेमा उच्च ज्वरो आउने, टाउको र आँखाको गेडी दुख्ने, शरीरमा डाबर देखिने, अरूचि बढ्ने, मांसपेशी दुख्ने, पेट गडबडी हुनेजस्ता लक्षण देखिने चिकित्सकहरु बताउँछन । घरवरपर सफासुग्घर राख्ने, खाडल तथा भाँडामा पानी जम्न नदिने, झुलभित्र सुत्ने, झ्यालढोकामा जाली लगाउने, शरीर ढाकिने गरी कपडा लगाउनेजस्ता प्राथमिक उपाय अपनाएर डेंगुको संक्रमणबाट बच्न सकिने स्वास्थ्य कार्यालय लमजुङका प्रमूख अमर दवाडीले बताए।
डेंगु सार्ने लामखुट्टेले प्रायः जमेको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने भएकाले कुनै पनि भाँडामा पानी जम्मा हुन नदिने र सामान्य कुराको होसियारी अपनाउन सकेपनि डेंगु रोगको जोखिमबाट बच्न सकिने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए
पुष २८, २०८१ आइतबार
स्वर्णलक्ष्मी सहकारी ठगी: रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित
पुष २८, २०८१ आइतबार
सहकारी ठगी प्रकरण : रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै
पुष २८, २०८१ आइतबार
दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको युक्रेनको दावी
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ति नजिकीएसँगै सखरखण्डर र पिँडालुको मूल्य आकाशियो
पुष २८, २०८१ आइतबार
आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने, दिउँसो पत्रकार सम्मेलन
पुष २८, २०८१ आइतबार