पुनर्जीवित हुँदै महेन्द्र पुस्तकालय
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_UIxDgs76ai.jpeg
)
नेपालबहस संवाददाता
साउन ८, २०७९ आइतबार २२:३३:२८
![](https://nepalbahas.prixacdn.net/media/albums/Mahendra-Pustakalaya1649783150_2RNBt7HdRR.jpg)
८ साउन, राँझा । करिब साढे दुई दशकदेखि कार्यसमितिविहीन भएको नेपालगंजस्थित यस क्षेत्रकै पुरानो महेन्द्र पुस्तकालय पुनर्जीवित हुन थालेको छ । करिब २५ वर्षपछि गत चैत २९ गते गठन गरिएको पुस्तकालयको तदर्थ समितिले काम थालनी गरेपछि महेन्द्र पुस्तकालयमा अहिले चहलपहल सुरु भएको छ ।
लामो समय कार्यसमितिविहीन भएपछि पुस्तकालयको हरहिसाब दुरुस्त राख्न, पुस्तकालयको सदस्यता संख्या बढाउन, पुस्तकालयको बाँकी बक्यौता असुल गर्ने, विधान संशोधन गर्नका लागि तदर्थ समिति गठन गरिएको पुस्तकालय व्यवस्थापन तदर्थ समितिका अध्यक्ष बलराम यादवले बताए ।
उनका अनुसार, समितिले असार मसान्तभित्र नयाँ कार्यसमिति गठन गर्ने जिम्मेवारी पाए पनि विविध कारणले तोकिएका समयमा आफ्नो काम गर्न नसकेपछि असार ३२ गते तदर्थ समितिलाई थप दुई महिनाको समय दिइएको छ ।
यही भदौ महिनाभित्र पुस्तकालयको निर्वाचन गराउन तदर्थ समिति सक्षम रहेको तदर्थ समितिका अध्यक्ष यादवले बताउनुभयो । पुस्तकालयको ७५ वर्ष पुगेका अवसरमा भदौ ३ गते हीरक उत्सव मनाउने र त्यसलगत्तै निर्वाचन गर्ने तयारीका साथ काम भइरहेको उनको भनाइ छ ।
हीरक उत्सवलाई व्यवस्थितरूपमा भव्य बनाउन विभिन्न उपसमिति बनाएर काम अघि बढाइएको छ । हीरक उत्सवका लागि आर्थिक समिति, सभा स
लन समिति, प्रचारप्रसार समिति निर्माण गरिएको छ । पुस्तकालयले हीरक उत्सवका अवसरमा महेन्द्र पुस्तकालयलाई योगदान दिएका, साहित्यकार, समाजसेवी लगायतलाई सम्मान गर्ने कार्यक्रम रहेको तदर्थ समितिका सचिव सुदीप भट्टराईले जानकारी दिए ।
उनका अनुसार, उत्सवका अवसरमा नेपालगंजमा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता पनि संचालन गरिने भएको छ । नेपालगंजभित्र रहेका विद्यालयमा महेन्द्र पुस्तकालयको प्रचारप्रसार गर्ने उद्देश्यले निबन्ध प्रतियोगिता आयोजना गरिने लागिएको हो । त्यसैगरी उत्सवका अवसरमा नेपालभरिका कविलाई आमन्त्रण गरी बहुभाषी कवि गोष्ठी आयोजना गरिने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
अमेरिकाले भुक्तानी रोकेपछि एमसीसी परियोजना स्थगित
फागुन ६, २०८१ मंगलबार