राजनीति तरंगित हुँदै गलत बाटोतिरः आफू नै हार्ने डरले शीर्ष नेताहरु छट्पटीमा
भेषराज पोखरेल
साउन १०, २०७९ मंगलबार १८:३:४१
स्थानीय निर्वाचन सकिएर संघ र प्रदेशको निर्वाचन नजिकिँदै गर्दा नेपालको राजनीति थप तरंगित बन्न थालेको छ । स्थानीय निर्वाचनको परिणामले एमालेलाई सशंकित बनायो भने माओवादी केन्द्रले उल्लेख्य स्थानमा जित हासिल गर्न नसके पनि गठबन्धनबाट गुम्दै गएको राजनीतिक शक्ति फर्काउन सकिनेमा त्यसका नेताहरु बढी उत्साहित देखिएका छन् । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी भने अन्योलमा देखिएको छ । अबकाे निर्वाचनमा अस्तित्वपूर्ण स्थान हासिल गर्न नसकिने हो कि भन्ने त्यसका शीर्ष नेतामा त्रास देखिन थालेको छ ।
नेपाली कांग्रेसमा आन्तरिक राजनीति बलियो बनाउन भन्दा गठबन्धनबाट सजिलै ठूलो पार्टी बन्न सकिने आंकलन गरेकाले कतै सत्ता गठबन्धनमा रहेका कम्युनिष्ट दलहरु एमाले वा आपसी गठबन्धनमा गएर आफूलाई कमजोर बनाउने त होइनन् भन्ने चिन्तामा छ । अस्तित्व रक्षा गर्न नसकिने हो कि भनेर संस्थापन पक्षका नेताहरु बढी चिन्तित देखिन थालेका छन् ।
यही मेसोमा गठबन्धन गर्ने, को सँग गर्ने ? कस्तो हैसियत प्राप्त गर्ने ? भन्ने हिसाबकिताब र रणनीति बनाउँदै गर्दा सबै ठूला राजनीतिक दलहरुले नीति र सिद्धान्तलाई तिलाञ्जली दिने स्पष्ट संकेत देखिन थालेका छन् । यसले राजनीतिलाई व्यवस्थित गर्दै लोकतन्त्रलाई थप मजबुत बनाउनुको साटो अझ बिकृत बन्ने जाने अवस्था देखिन थालेको छ ।
पछिल्लो समय अहिलेको सत्ता गठबन्धन यथावत रहन गएमा एमाले कमजोर रहने आंकलन अध्यक्ष केपी ओली र त्यसका अन्य प्रभावशाली मानिएका नेताहरुको छ । यही आंकलन अनुसार सकेसम्म माओवादीसँग एकताकै हल्ला चलाउने नभए चुनावी तालमेल गरेर जाने गरी विभिन्न तहका नेताहरुबीच वार्ता, छलफल चलिरहेका छन् । अर्को, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल हल्ला गरेर वा आक्रोशित जस्तो देखिएर अवस्थाको आंकलन गर्दै कसरी बढीभन्दा बढी फाइदा लिने र आफ्नो दललाई स्थापित गर्ने भन्ने रणनीतिमा छन् ।
उनले एमालेसँगको सहकार्यलाई अस्वीकार गरेका छैनन् । जसले गर्दा गठबन्धन टुटेमा आफ्नो पुनः प्रधानमन्त्री बन्ने सपना साकार गर्ने तथा श्रीमती र सकेसम्म छोरालाई समेत स्थापित गर्न सकिँदैन कि भनेर छट्पटीमा रहेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग बढीभन्दा बढी सिट लिने दाउमा छन् । दाहाल गठबन्धनमा रहेका दलहरुको कम्युनिष्ट मोर्चा बनाउन कोशिश गरिरहेका छन् । सो गठबन्धनलाई समाजवादी केन्द्रको नाम दिइने बताइएको छ ।
स्थापित भइनसकेको एकीकृत समाजवादी र जनता समाजवादीबाट अलग भएको बाबुराम भट्टराईको समूह तथा बामदेव गौतमको पार्टीको राजनीतिक अस्तित्वको संकटका कारण उनको योजना सफल हुन सक्छ । हुन त एसका नेता झलनाथ खनाल एमाले अध्यक्ष ओलीतिर लहसिन खोजेकाले सफल नहुन सक्छ । उनीहरुले भन्ने समाजवादको भने कुनै अर्थ रहने छैन ।
यही बेला चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुखको नेपाल भ्रमण र कम्युनिष्ट शक्ति एक बनाउने चीनको रणनीतिले पनि दाहाललाई राजनीतिक स्ट्राइकरका रुपमा उभ्याएको छ । यी सबै अवस्थाले भारतलाई पनि तरंगित बनाउन पुग्यो । यही मेलोमा चीनले एउटा शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने र त्यससँग आफ्नो पार्टीको भ्रातृ संगठनको जस्तै प्रशिक्षण, प्रवद्र्धन र आर्थिक, सांकृतिक तथा नीतिगतसमेत सहयोग गर्ने नीति लिँदा भारतले पनि अहिलेका स्ट्राइकरका रुपमा आफूलाई प्रस्तुत गर्न खोजेका दाहाललाई दिल्ली बोलाएर सत्तारुढ भारतीय जनता पार्टीले त्यस्तै हैसियत दिने बतायो ।
दाहालको स्पष्ट अडान नभएकाले भारतले केही शंकाको ठाउँ पनि सुरक्षित राखेको देखिन्छ । तिमी कता जान्छौ त्यसको लगाम हामीसँग हुनसक्छ है भनेर संकेत दियो । दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट दिएनन् । यी सबै घटनाक्रमले नेपालको राजनीति तरंगित बन्न गएको छ तर दिशा भने सही नभएर विदेशी हस्तक्षेप, आन्तरिक राजनीतिक होडबाजी, एक दलले अर्कालाई नजिक ल्याउने र पल्लो छेउँमा पार्ने अनैतिक व्यवहारले समग्र राजनीति विकृत हुने स्पष्ट संकेत दिँदै छ ।
यस्ता गलत अभ्यास हुँदै गर्दा औपचारिक, अनौपचारिक रुपमा शीर्ष नेताहरुको राजनीतिक भविष्यमा डरलाग्दा चुनौतीहरु आउने लक्षणहरु पनि देखिन थालेका छन् । स्थानीय निर्वाचनमा बालेन शाह, हर्क सांगपांङ जस्ता स्वतन्त्र व्यक्तिहरुले दिएका चुनौती संसदीय निर्वाचनमा शीर्ष नेताहरुका विरुद्ध आउने स्पष्ट देखिन थालेका छन् ।
अहिलेको राजनीतिक संयन्त्रको कार्य र व्यवहारप्रति असन्तुष्ट युवाहरुले एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध उम्मेदवारी दिने घोषणा गर्न थालेका छन् । रवि लामिछानेको पार्टी, रमेश खरेलको पार्टी, विवेकशील साझा पार्टी, जरोकिलो पार्टी जस्ता साना वैकल्पिक दलहरु पनि यी शीर्ष नेताको विरुद्धमा अगाडि आउन जुर्मुराएको देखिन्छ । राप्रपा र राप्रपा नेपालले त हामी पूर्णरुपमा ठूला दलहरुलाई चुनौती दिने शक्ति हौं भन्दै गर्जन गरिरहेका छन् ।
स्वतन्त्र व्यक्तिहरु र यी दलका नेताहरुले ठूला दलको अस्तित्व खस्काउन त कठिनै होला तर यस्तो अवस्थामा कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेता र उनका वरिपरिका प्रभावशाली मानिने नेताहरुको निद हराम हुन थालेको भने स्पष्टै हो । अर्को, आन्तरिक रुपमा पनि अहिले शीर्ष नेताहरुलाई त्यति सजिलो छैन ।
सिट बाँडफाँडमा उपयुक्त व्यक्ति छनोट गर्न सकिएन वा आफ्नो मान्छे तर गलत व्यक्तिलाई टिकट दिइयो भने शीर्ष नेतालाई नै हराउने अभियान पार्टीभित्रबाटै चल्न सक्ने देखिएको छ । एमाले महासचिव शंकर पोखरेलले त यसलाई स्पष्ट पारेकै छन् । प्रचण्डले पनि यसलाई पटक, पटक भनिरहेकै छन् । यसले पनि पार्टी नेतृत्वलाई गठबन्धनमा बढी भर हुने अवस्था आएको छ जुन लोकतन्त्रको नै खतराको अवस्था हो ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपबीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
५०० पसलमा २० मात्रै नियमअनुरुप चलेका भेटिए
मंसिर ८, २०८१ शनिबार