सशस्त्रमा ‘ज्वाई’ एसएसपीको आतंकः भावी आईजीपी हुने तयारीमा यस्तो छ उनको रकेट यात्रा
नेपालबहस संवाददाता
साउन १०, २०७९ मंगलबार १७:८:४
१० साउन, काठमाडौं । सशस्त्र प्रहरीमा कोही कसैले विशेष लाभ लिएको छ भने ती व्यक्ति हुन् –एसएसपी दीपेन्द्र कुँवर ‘ख’ मात्रै । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका आफ्नै बहिनी ज्वाई भएकै कारण विगत धेरै वर्षदेखि उनले विशेष लाभ लिइरहेका छन् । सो नाताकै कारण उनले भावी आईजीपीको यात्रा रकेट गतिमा तय गरेका छन् । उनको यो यात्राले सशस्त्र प्रहरीलाई दुईधारमा विभाजित गरिदिएको छ ।
एसएसपी कुँवर सशस्त्र प्रहरीको एसएसपी बढुवामा एक नम्बरमा बढुवा सिफारिस गरिएको भन्दै सर्वत्र आलोचना भएपनि त्यसलाई कुनै मतलव राखिएको छैन । बिगतमा उनको वरियता निकै पछि र कार्यसम्पादन समेत कमजोर भएका कँुवरलाई शक्तिको आडमा बढुवामा एक नम्बरमा ल्याइएपछि उनको विषयमा निकै जोडजोडका साथ चर्चा परिचर्चा हुन थालेको छ । ‘नेपाल प्रहरीमा विश्वराज पोखरेलले यसैगरी रकेट यात्रा तय गर्दा बीचमै फेल भएका थिए, कुँवरको हकमा पनि यही उदाहरण लागु हुनसक्छ’, सशस्त्र प्रहरी स्रोतले भन्यो ।
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी ज्वाई रहेका कँुवरको गत शुक्रबार भएको बढुवा सिफारिसमा उनको व्याचबाट एक नम्बर बनाइएको थियो । गृहमन्त्री बालकृष्ण खाँड, गृहसचिव टेकनारायण पाण्डे र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल उनलाई दुई नम्बरमा बढुवा गर्ने पक्षमा थिए । तर, प्रधानमन्त्री देउवाले गृहमन्त्री खाँड र गृहसचिव पाण्डेलाई बालुवाटार बोलाएर उनलाई एक नम्बरमा बढुवा गर्न दबाब दिएको स्रोतको दावी छ ।
अहिले एसएसपीमा आफ्नो ब्याचबाट एक नम्बरमा बढुवा सिफारिस भएका कँुवरलाई यत्तिमै सीमित राख्ने मात्र अवस्था नदेखिएको सशस्त्र प्रहरी बल स्रोतले जनाएको छ । उनलाई रिक्त तीन वटा डीआईजीको पदमा बढुवा गर्ने खेल समेत भइरहेको स्रोतको दावी छ । किनकी डीआईजी र त्योभन्दा माथि बढुवा हुने सेवा अवधिको हद तोकिएको छैन । त्यसैले उनलाई झन सहज बनाएको छ ।
कुँवरलाई बढुवा गर्ने विषयमा कुरा नमिल्दा एक दुई साता नै बढुवा प्रक्रिया रोकिएको थियो । सशस्त्र प्रहरीका आईजीपी अर्यालले सुरुबाट विष्णु भट्टलाई एक नम्बरमा बढुवा गर्नुपर्ने र उनको कार्यसम्पादन मुल्यांकन पनि राम्रो रहेको बताएका थिए । तर प्रधानमन्त्रीले नै दबाब दिएपछि अर्यालको पनि केही जोड चलेन । ‘क्षमता र कार्यसम्पादन राम्रो भएको भए त उनलाई अघि ल्याउनु पनि ठिकै थियो । तर, त्यो दुवै कँुवरमा पाइंदैन । वरियतामा समेत निकै पछि रहेकालाई एक नम्बरमा बढुवा गर्ने काम राम्रो भएन । यसले संगठनमा अरु अधिकृतहरुको मनोवल घटाउने काम भएको छ’, एक प्रहरी कर्मचारीले भने ।
कुँवर २०५९ चैत्र ७ मा सशस्त्र प्रहरी निरीक्षक पदमा सेवा प्रवेश गरेका हुन् । सुरुमा उनी ७८ जनाको व्याचमा ७३ नम्बरमा थिए । तर, डीएसपी हुँदा भने ६८ नम्बरमा बढुवा भए । तर अहिले चार वर्षमै उनी एक नम्बरमा बढुवा भए । जबकि उनले १३ महिना तालिममा बिताएका छन् । कुँवर डीएसपी हुँदा दुई ठाउँको कमाण्ड गर्ने भाग्यमानी अधिकृत हुन् । उनी एसपी हुँदा पर्साजस्तो जिल्लामा गणपति थिए । कामु एसएसपी हुँदा उनी इन्टेलिजेन्समा कार्यरत रहे भने अहिले प्रबन्ध शाखाको प्रमुख रहेका छन् । उनले देउवा परिवारको शक्तिको बलमा सधंै लाभको पद हासिल गरेका हुन् । तत्कालिन सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले उनलाई एसपी हुँदा ११ औं नम्बरमा बढुवा गरेका थिए । खनाल हुँदा नै उनलाई सेटिङ गरेर नेपाली सेनामा स्टाफ कलेज गर्न पठाइएको थियो ।
कुँवर सशस्त्र प्रहरीको स्टाफ कलेजमा दुई पटक अनूर्तिण भएका थिए । उनी फेल भएपछि बिना प्रतिस्पर्धा समिति बनाएर उनलाई सेनाको शिवपुरीमा हुने स्टाफ कलेज कोर्समा पठाइएको थियो । जबकी सशस्त्र प्रहरीमा पुष्पराम केसी, नारायणबावु थापा, राजु अर्याल, विष्णु भट्टजस्ता अधिकृतहरुले सेनामा स्टाफ कलेज गरेका थिए । उनलाई बढुवा गर्नकै लागि सशस्त्र प्रहरी नियमवाली २०७२ नै संशोधन गरेर उनलाई एसएसपी बढुवा हुने बाटो समेत खोलिएको थियो ।
सशस्त्रमा एसएसपी हुन चार वर्ष सेवा अवधि पूरा भएको हुनुपर्ने नियमावलीमा उल्लेख थियो । तर, कुँवरकै लागि सरकारले नियमावली संशोधन गरेर तीन वर्ष मात्रै भए पुग्ने बनाएर एक नम्बरको पुरस्कार दियो । त्यतिमात्र होइन सशस्त्र प्रहरीमा कुँवर दुई दुई पटक मेडल थाप्ने भाग्यमानी अधिकृत पनि हुन् । उनको एकपटक त सेनाको स्टाफ कलेजमा तालिम गर्दा गर्दै उत्कृष्ट काम गरेको भन्दै मेडल पाएका थिए । जबकि उनी तालिममा थिए । डीआईजी वंशी दाहाल, एसपी पूर्ण साउद ,विकास घिमिरे समेत अहिले कुँवरको चाकडीमा लागेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार