म्याग्दीमा पाँच हजार घरमा खानेपानी सुविधा
नेपालबहस संवाददाता
साउन १०, २०७९ मंगलबार १८:२७:२६
१० साउन, बेनी । म्याग्दीमा चार वर्षको अवधिमा पाँच हजारभन्दा बढी घरमा खानेपानीको सुविधा पुर्याइएको छ । ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानीको सुविधा विस्तार भएको हो ।
गण्डकी प्रदेश सरकारले सुरुआत गरेको हरेक घरमा खानेपानी पुर्याउने अभियानअन्तर्गत हालसम्म पाँच हजार १३७ घरमा खानेपानी पुर्याइएको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए । चौधवटा खानेपानी योजनामार्फत धारा निर्माण गरिएको हो ।
आर्थिक वर्ष २०७८÷७९ मा एक हजार ३४७ घरमा धारा निर्माण गरिएको छ । “स्थानीयवासीले स्वच्छ र सफा खानेपानी उपभोग गर्न पाएका छन्”, पौडेलले भने । विसं २०७५ देखि गण्डकी प्रदेश सरकारले हरेक घरमा सफा र स्वच्छ खानेपानी सुविधा विस्तार गर्न ‘एक घर एक धारा’ कार्यक्रम अघि सारेको हो । जिल्लाभर २९ हजार ४९९ घरमा आधारभूत खानेपानीको पहुँच पुगेको पौडेल बताउछन् । आयोजनाले ९६ प्रतिशत घरमा आधारभूत खानेपानीको पहुँच पुर्याउने लक्ष्य लिएको छ ।
प्रदेश सरकारको बजेटबाट अन्नपूर्ण गाउँपालिका–८ मा थावन खानेपानी योजना, रघुगंगा गाउँपालिका–१ मा बेगखोला खानेपानी योजना, बेनी नगरपालिका–९ मा गलेश्वर पम्पिङ खानेपानी योजना, निलदह खानेपानी योजना र वडा नं ४ मा सिङ्गा खानेपानी योजना सम्पन्न भई घर–घरमा धारा निर्माण गरिएका छन् ।
यस्तै अन्नपूर्ण गाउँपालिका–६ मा घारा खानेपानी योजना सम्पन्न भएको छ । मङ्गला गाउँपालिका–२ मा हिदी खानेपानी योजना, वडा नं १ मा कुहुँ खानेपानी योजना र मालिका गाउँपालिका–२ रुममा सेतखोला खानेपानी योजना सम्पन्न भएको इञ्जिनीयर राजेश उलकले जानकारी दिए ।
त्यसैगरी बेनी नगरपालिका–२ मा ज्यामरुककोट अर्जम रत्नेचौर खानेपानी योजना र मालिका गाउँपालिका–५ मा देवीस्थान खानेपानी योजना सम्पन्न भएको छ । मङ्गला गाउँपालिका–१ मा भर्जुला सल्यान खानेपानी योजना र अन्नपूर्ण गाउँपालिका–६ घारामा नेपाने खोनेपानी योजना सम्पन्न भएको छ। जिल्लामा संघीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएका १० र प्रदेश सरकारका २२ खानेपानी योजना संचालित छन् । संघीय सरकारबाट हस्तान्तरण भएका दुई सम्पन्न तथा ८ योजना निर्माणाधीन अवस्थामा रहेको कार्यालयले जनाएको छ । प्रदेश सरकारका १८ योजना हाल निर्माणाधीन अवस्थामा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
स्वर्णलक्ष्मी सहकारी ठगी: रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित
पुष २८, २०८१ आइतबार
सहकारी ठगी प्रकरण : रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै
पुष २८, २०८१ आइतबार
दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको युक्रेनको दावी
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ति नजिकीएसँगै सखरखण्डर र पिँडालुको मूल्य आकाशियो
पुष २८, २०८१ आइतबार
आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने, दिउँसो पत्रकार सम्मेलन
पुष २८, २०८१ आइतबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार