फाइनल पुग्ने दाउमा इंग्ल्यान्ड र स्विडेन
नेपालबहस संवाददाता
साउन १०, २०७९ मंगलबार २१:१७:२९
१० साउन, काठमाडौ । महिला युरोपियन च्याम्पियनसिपको पहिलो सेमिफाइनमा मंगलबार घरेलु टोली इंग्ल्यान्ड र स्विडेन प्रतिस्पर्धा गर्दैछन् । इंग्ल्यान्डको सेफिल्डमा हुने खेल नेपाली समयअनुसार राति पौने एक बजे सुरु हुनेछ ।
स्विडेनबिरुद्द मैदान उत्रदै गर्दा घरेलु टोली इंग्ल्यान्ड तेस्रो पटक प्रतियोगिताको फाइनलमा स्थान बनाउने लक्ष्यमा हुनेछ । प्रतियोगिताको दाबेदार मानिएको घरेलु टोली इंग्ल्यान्ड यसअघि दुई पटक फाइनल प्रवेश गरे पनि उपाधि भने जित्न सकेको छैन ।
यता, स्विडेन भने सन् १९८४ को विजेता टोली हो । विश्व वरीयताको दोस्रो स्थानको स्विडेनले बेल्जियमविरुद्ध इन्जुरी समयमा गोल गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । इंग्ल्यान्ड र स्विडेन अहिलेसम्म २६ पटक आमनेसामने भएका छन् । यसक्रममा इंग्ल्यान्डले मात्र तीन खेल जितेको छ भने स्विडेनले १५ खेल जितेको छ ।
युरोपियन च्याम्पियनसिपमा इंग्ल्यान्ड र स्विडेनको यो सातौँ भेट हो । सातमध्ये ६ खेल स्विडेनले जितेको छ भने एक खेल इङल्यान्डले जितेको छ ।
स्विडेनले सन् १९८४ मा इंग्ल्यान्डलाई नै हराएर युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । स्विडेनले महिला युरोपियन च्याम्पियनसिपको उपाधि जितेको त्यो नै एक पटक मात्र थियो । त्यसयता स्विडेन सन् १९८७,१९९५ र २००१ मा फाइनल प्रवेश गरे पनि उपाधि भने जित्न सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रिमियर लिगको यस सिजनमा लेस्टरको पहिलो जित
असोज २०, २०८१ आइतबार
फुलह्यामविरुद्ध म्यानचेस्टर सिटी ३-२ ले विजयी
असोज २०, २०८१ आइतबार
साउथहम्पटनमाथि आर्सनलको सहज जित
असोज २०, २०८१ आइतबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
सशस्त्रमा एसपीको सेवा अवधि फिर्ता : नेपाल प्रहरीमा ३० वर्षे हट्यो, १६ वर्षमा पेन्सन
असोज २१, २०८१ सोमबार
बजारमा खसीबोका चिन्नु, हरियो संकेत भएको किन्नु
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
सशस्त्रमा एसपीको सेवा अवधि फिर्ता : नेपाल प्रहरीमा ३० वर्षे हट्यो, १६ वर्षमा पेन्सन
असोज २१, २०८१ सोमबार
मैतिदेवीको भगवती मन्दिरमा रंगिचंगी (फोटोफिचर)
असोज २१, २०८१ सोमबार
आजको मौसमः कतै हल्का वर्षा, कतै सफा
असोज २१, २०८१ सोमबार
यस्तो छ आजको अमेरिकी डलर र युरोको खरिद तथा बिक्री दर
असोज २१, २०८१ सोमबार
पञ्चांग निर्णायक समिति भन्छ, आज पनि कुष्माण्डा देवीकै पूजा र आराधना गर्नुपर्छ
असोज २१, २०८१ सोमबार
बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानीको अभाव
असोज २१, २०८१ सोमबार