रोङकाे झण्डी डाँडामा धरहरा निर्माण
नेपालबहस संवाददाता
साउन १०, २०७९ मंगलबार २३:२७:६
१० साउन, मंगलबारे । इलामको रोङ गाउँपालिकास्थित झण्डीडाँडामा धरहरा निर्माण गरिएको छ । पर्यटन प्रवर्धनका लागि रोङ–६ को झण्डीडाँडामा धरहरा निर्माण गरिएको हो ।
तराईबाट छोटो दूरीमा पर्ने करसोङ पदमार्गमा पर्ने झण्डीडाँडा पछिल्लो समय पर्यटकको रोजाइमा परेको छ । झण्डीडाँडाको आकर्षणका लागि गाउँपालिकाले रु १२ लाख रकम विनियोजन गरेर उक्त क्षेत्रको सुन्दरीकरण बढाउने काम गरेको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) ले जानकारी दिए ।
उहाँका अनुसार आकर्षणका लागि धरहरासहित डाँडामा जाने सिँढी निर्माण, रेस्ट हाउस, वरिपरि रङ्रोगन तथा रेलिङ निर्माण र फोहोर व्यवस्थापनका लागि डस्बिन राखिएको छ । झण्डीडाँडाको चुचुरोमा आकर्षक धरहरा निर्माण गरिएको हो । सो क्षेत्रको वरिपरिसमेत व्यस्थित गर्ने कार्य गरिएको गाउँपालिकाले जानकारी दिएको छ । डाँडाको चुचुरोमा राखिएको धरहरा १६ फिट अग्लो रहेको छ । नौतले धरहरासहितको रङ्रोगनले अझ सुन्दरता थपिएको छ ।
झापाबाट नजिक पर्ने सो क्षेत्रमा पछिल्लो समय पर्यटकको सङ्ख्या वृद्धि भइरहेको स्थानीयले बताएका छन् । तराईको उत्पातको गर्मी छल्नका लागि झण्डीडाँडामा पर्यटक आउने गरेका हुन् । झण्डीडाँडा सूर्योदय र सूर्यास्थको दृश्यावलोकनका लागि चर्चित बन्दै गएको छ । झण्डीडाँडामा गाउँपालिकाले पूर्वाधारका निर्माणको काम गरिरहेको छ ।
विशेष गरेर झण्डीडाँडादेखि मुनि रहेको सलकपुर सुन्तला फलेकै कारण चर्चामा छ । सुन्तला खान र लैजानका लागि छिमेकी देश भारतबाट सिजनमा हजारौँ पर्यटक आउने गरेका छन् । त्यस्तै सँगै रहेको पाथीभरा मन्दिर, करसोङ पदमार्ग, हरियाली अनेकौँ जातजातिका वनस्पतिका कारण पनि सो क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको हो ।
हाँसपोखरीबाट सुरु हुने पदमार्गको बीचमा पर्ने गुगलडाँडा, झण्डीडाँडा, सलकपुर हुँदै झापाको बाहुनगाँडी जोडिने भएकाले पनि यहाँ धेरै पर्यटक आउने गरेका छन् । दुई जिल्लाका पर्यटक मात्र नभएर सो क्षेत्रमा नजिकै रहेको भारतबाट समेत उत्तिकै पर्यटक आइरहेका छन् । बर्खाको सिजन भए पनि यसबेला पनि दैनिक सयौँको संख्यामा पर्यटक आउने गरेका छन् ।
पर्यटकको संख्यामा वृद्धि हुँदै गएपछि बस्नका लागि होमस्टे निर्माण भइरहेका छन् । यस क्षेत्रमा दर्जनको संख्यामा बास बस्ने होमस्टे संचालित छन् । पछिल्लो समय गाउँपालिकाले समेत यसको प्रवर्धनमा विशेष कार्यक्रम ल्याएसँगै पर्यटकको संख्यामा वृद्धि हुँदै गएको हो । पर्यटकले स्थानीय स्तरमा उत्पादित तरकारी तथा फलफूलसमेत लैजाने भएकाले सो क्षेत्रका बासिन्दाको आयआर्जनमा समेत वृद्धि हुँदै गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
बालबालिकाको सर्वाङ्गीण विकासका लागि विशेष ध्यान दिन्छौंः मुख्यमन्त्री कार्की
मंसिर २१, २०८१ शुक्रबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण
मंसिर २८, २०८१ शुक्रबार
उपराष्ट्रपति यादवसँग चीनको ‘सिपिपिसिसी’सदस्य शुनको शिष्टाचार भेट
मंसिर २८, २०८१ शुक्रबार
देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको संकल्प
मंसिर २८, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
मंसिर २८, २०८१ शुक्रबार
समावेशी प्रणाली थप व्यवस्थित बनाउँछौं: सञ्चारमन्त्री गुरूङ
मंसिर २८, २०८१ शुक्रबार