फर्पिडका इन्स्पेक्टर सापकोटाकाे चलाखीः कारवाहीबाट जोगिन बिदामा
नेपालबहस संवाददाता
साउन १०, २०७९ मंगलबार २३:२८:४४
१० साउन, काठमाडौं । उपत्यका प्रहरी प्रभाग, फर्पिडका इन्स्पेक्टर गणेश सापकोटा रकम लेनदेन प्रकरणबाट जोगिने उद्देश्यका साथ अचानक केही दिनका लागि बिदा बसेका छन् ।
नेपालबहसले हिरा ख्वै इन्स्पेक्टर सा’प ? शिर्षकमा समाचार प्रकाशित गरेपछि राजधानी छिर्ने र बाहिरिने नाका मध्येको एक फर्पिडमा कार्यरत इन्स्पेक्टर गणेश सापकोटा लामै समयका लागि बिदामा बसेका हुन् ।
सम्भवतः उनी प्रहरीले चेकजाँचका क्रममा बरामद गरेको लाखौं रुपैयाँको हिरा केही नगद उपहार लिएर छाडेकै कारण कारवाहीमा पर्ने डरले सम्भावित कारवाहीबाट जोगिनका लागि बिदा बसेक हुनसक्ने बताइएको छ । आफू र परिवार समेत विरामी परेकाले बिदा बसेको उनले प्रतिक्रिया दिए पनि हिरा भरीयाबाट लिएको रकम पचाउनु नै उनको मुख्य सोच रहेको समाचार स्रोतको भनाई छ ।
अघिल्लो सोमबार सुराकीकै आधारमा फर्पिड प्रहरीले लाखौं रुपैयाँ बराबरको हिरा बरामद गरेको थियो । तर, इन्स्पेक्टर सापकोटाको निर्देशनमा सुटुक्क भरियालाई नै फिर्ता गरेको विषय यतिबेला विवादमा तानिएको छ ।
हिरा कुन व्यापारीको हो ? भरियाले कहाँबाट ल्याएको ? कसलाई दिन खोजिएको थियो ? यस बारेमा प्रहरी स्रोतले केही खुलाउन चाहेन । तर, इन्स्पेक्टर सापकोटा भने सक्कली हिरालाई नक्कली भएकाले छाडिएको मात्र बताइरहेका छैनन्, उल्टै हिरा बोकेको व्यक्तिसँग गाडी भाडा र खाजा खाने रकम समेत नभएकाले आफूहरुले दिएको समेत भन्न भ्याएका छन् । सायद, त्यसो भन्न खोज्नुको कारण आफूहरुले हिरा भरियासँग केही शुभलाम नगरिकनै समान फिर्ता दिएको प्रमाण पेश गर्न खोजेका हुन सक्छन् ।
यसअघि तिब्बतसँग जोडिएको जिल्ला रसुवा नाकामा बस्दा उनी सुन प्रकरणमा विवादमा तानिएका थिए । बिदा सकिएर हाजिर भएपछि इन्स्पेक्टर सापकोटालाई उपत्यका प्रहरी कार्यालयले सोधपुछ गर्ने तयारी भइरहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार