कृषि विकास कार्यालय मुगुका तत्कालीन प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
नेपालबहस संवाददाता
साउन ११, २०७९ बिहिबार ०:१:५५
११ साउन, मुगु । कृषि विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख र वडाध्यक्ष सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरू विरुद्ध सिँचाई कुलो निर्माणका लागि विनियोजित बजेट अनियमितता गरेको भन्दै विशेष अदालत काठमाडौंमा आज मुद्दा दायर गरेको हो ।
कर्मचारी, जनप्रतिनिधि तथा उपभोक्ता समितिका पदाधिकारीहरूको मिलेमतोमा छायानाथ रारा नगरपालिका १० स्थित तीनमुखेदेखि लुवाबान्नासम्म सिँचाइ कुलो निर्माणका लागि विनियोजन गरिएको बजेट अनियमितता गरेको आयोगले जनाएको छ ।
छायानाथ रारा नगरपालिका वडा नम्बर १० का तत्कालीन अध्यक्ष धर्मदत्त सावत, कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पंचालाल बुढा र सब इन्जिनियर राजेन्द्र शाही, कर्मचारी मणिचन्द्र वि क, जिल्ला समन्वय समितिका तत्कालीन कर्मचारी विश्वास उपाध्याय, उपभोक्ता समितिका अध्यक्ष बखत बहादुर सेजुवाल, सचिव लाल बहादुर सेजुवाल, कोषाध्यक्ष उजेली नेपाली र सहसचिव सुरेश बुढाविरुद्ध भ्रष्टाचारको मुद्दा लागेको हो ।
कृषि विकास कार्यालय मुगुबाट आर्थिक वर्ष २०७६/२०७७ मा विनियोजित बजेटमा उनीहरूले अनियमितता गरेको पाइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार २३ लाख १० हजार ५९६ रुपैयाँ बिगो कायम गरी असुल उपरका लागि माग गरिएको छ ।
अख्तियारले कृषि विकास कार्यालय तत्कालीन प्रमुख बुढा र सब इन्जिनियर शाही, उपभोक्ता समितिका चारै जना पदाधिकारी र तत्कालीन वडाध्यक्ष सावतबाट बिगो रकम जफत गर्न माग गरेको छ। साथै कैद तथा जरिबाना सजायको माग दाबीसमेत लिइएको प्रवक्ता भण्डारीले बताए । कर्मचारीहरू मणिचन्द्र विक र विश्वास उपाध्यायले पनि गलत प्रतिवेदन दिएकाले अख्तियारले बिगो कायम नगरी सजायको माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार