लुम्बिनी विकास बैंकको लफडामा ज्योति समुहको जीत, प्रविणकृष्णले गरे शपथग्रहण
नेपालबहस संवाददाता
साउन ११, २०७९ बिहिबार २:५:२२
११ साउन, काठमाडौं । सञ्चालक समिति र उच्च व्यवस्थापनमा सधैं लफडा परिरहने लुम्बिनी विकास बैंक लिमिटेडमा ज्योति सममुहबाट प्रतिनिधित्व गर्ने प्रविणकृष्ण श्रेष्ठले शपथग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकको रोहबरमा गुण समुह सहमत भएपछि बैंकको सञ्चालक समितिले प्रविणकृष्ण श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले आज उनलाई पद तथा गोपनियताको शपथग्रहण गराएकी छन् ।
बैंकको विज्ञप्तिमा उल्लेख भए अनुसार नवनियुक्त अध्यक्ष प्रविणकृष्ण श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट एम.वि.ए.सम्मको शिक्षा हासिल गरि स्ट्याण्र्डर्ड चार्टर्ड बैंक नेपाल लि. (साविक नेपाल ग्रिण्डलेज बैंक लिमिटेड) र माछापुच्छ्रे« बैंक लिमिटेडको उच्च ब्यवस्थापन तहमा रही करीब २ दशक नेपालको बैकिङ क्षेत्रमा सेवा गरेका छन् । विगत ४ बर्षदेखि लुम्बिनी विकास बैंकको सञ्चालक रहदै आएका श्रेष्ठको कुशल नेतृत्वमा लुम्बिनी विकास बैंकले थप प्रगति गर्ने विश्वास लिईएको छ ।
शपथग्रहणको अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, निर्देशक बुद्धराज शर्मा, लुम्बिनी विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
अब सम्झनामा मात्र रहे पूर्वसभामुख दमननाथ ढुंगाना, सोमबार अन्तिम संस्कार गरिने
मंसिर २, २०८१ आइतबार
पाकेको कोदो टिप्दै एक युवा
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
पाकिस्तानबाट दशकौँपछि समुद्रको बाटो बङ्गलादेशतर्फ सामानको सिधा ढुवानी
मंसिर २, २०८१ आइतबार
भारतीय प्रहरी र नक्सलवादी समूहबीचको झडपमा पाँच विद्रोहीको मृत्यु
मंसिर २, २०८१ आइतबार