दिनानुदिन कोरोना संक्रमण बढ्दै, सचेत रहन आग्रह
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन ११, २०७९ बिहिबार २:१९:०
![](https://nepalbahas.prixacdn.net/media/albums/corona_oxzW1EkrCL.jpg)
♦ शरद् शर्मा
११ साउन, काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको बेला नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ । ओमिक्रोनको ‘विएफाइभ’ जातिको भेरियन्ट देखिएसँगै नेपालमा संक्रमण दिनानुदिन बढिरहेको छ । विएफाइभ संक्रमण उच्चदरमा फैलिने भएकाले पनि अहिले नेपालमा संक्रमण बढिरहेको छ ।
सङ्क्रमण दर शून्य दशमलव ५ प्रतिशतसम्म झरेको नेपालमा संक्रमण दर अहिले १२ प्रतिशत पुगेको छ । मन्त्रालयका अनुसार गत साता बुधबार साउन ४ गते संक्रमण दर १० प्रतिशत रहेकोमा अहिले त्यो १२ प्रतिशत पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा चुमनलाल दासले अहिले दैनिक बढिरहेको संक्रमणले चौथो लहरको सङ्केत गरेको बताउछन् । “अहिले देखिएको संक्रमणले चौथो लहरको सङ्केत आइसकेको भन्ने देखाउँछ तर चौथो लहर होइन”, उनले भने, “त्यसैले हामी सबै सचेत रहेर स्वास्थ्यका मापदण्ड लागू गर्नुपर्दछ ।”
“नेपालमा पनि देखिएको बिएफाइभ जातको भेरियन्टको सङ्क्रमण दर उच्च रहेको छ”, उनले भने, “भारतसँग खुला सीमाको कारणले बिएफाइभ जातको संक्रमण नेपालमा पनि प्रवेश गरेकाले संक्रमित बढ्न थालेका हुन् ।”
खुला सीमा भएकाले दैनिक सीमानाकाबाट आउने मानिसमा संक्रमण देखिने गरेको छ र ती मानिसले नै संक्रमण सारिरहेका छन् । उनका अनुसार झापाको काँकडभिट्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट प्रवेश गर्नेमा संक्रमण बढी नै देखिने गरेको छ ।
नेपालमा पहिलोपटक २०७६ माघ ९ गते संक्रमण पुष्टि भएको थियो । यस्तै दोस्रो सङ्क्रमित चैत १० गते देखिएको थियो । सरकारले दोस्रो संक्रमित देखिएपछि मुलुकभर बन्दाबन्दी ‘लकडाउन’ गरेको थियो ।
नेपालमा पहिलो लहर २०७६ चैतदेखि २०७७ मसिरसम्म चलेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमणको दोस्रो लहर २०७७ वैशाखदेखि भदौसम्म तथा तेस्रो लहर २०७८ पुसदेखि फागुनसम्म चलेको थियो । अहिलेसम्म ११ लाख २६ हजार ८८४ सङ्क्रमित भइसकेका छन् । यस्तै ११ हजार ९६० संक्रमणकै कारण निधन भएका छन् ।
मन्त्रालयका अनुसार यो महिनामा मात्र अहिलेसम्म आठ जनाको संक्रमणको कारणले निधन भइसकेको छ । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले महामारी अझै अन्त्य नभएकाले सबैले महामारीबाट जोगाउनका लागि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बताए।
“दैनिक संक्रमण पहिलेजस्तै अहिले पनि बढिरहेका देखिन्छ”, उनले भने, “यसलाई चौथो लहर भनेर घोषणा गर्नुभन्दा पनि संक्रमण ग्राफमा देखिन थालिएको छ ।” संक्रमणको जोखिम अझै बढ्ने उनको भनाइ रहेको छ । संक्रमण बढ्दै गएपछि आगामी तीन महिनाको सम्भावित संक्रमितको अनुमान गरेर त्यसलाई व्यवस्थापन गर्न द्रुत कार्ययोजना अन्तिम तयारी अवस्था पु¥याइएको महाशाखा प्रमुख डा. दासले बताए ।
उनले सम्भावित संक्रमणको जोखिमलाई ध्यान दिएर सबै अस्पताल, स्वास्थ्य संस्था र प्रदेशमा तोकिएका कोभिड–१९ अस्पताललाई संक्रमित व्यक्तिको व्यवस्थापन गर्नका लागि निर्देशनसमेत दिइसकेको जानकारी दिए । महाशाखाले कोभिड–१९ को प्रतिकार्यमा सवै प्रदेशमा तालिम गरिएको र आगामी दिनमा थप तालिम गर्ने योजना रहेको उनले बताए । भीडभाड हुने स्थानमा कोभिड–१९ को नमूना परीक्षण अभियान सञ्चालन गर्ने र समुदायस्तरमा कोभिड–१९ को अवस्थालाई थप विश्लेषण गर्ने कामसमेत महाशाखाले गरिरहेको छ ।
मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भीडभाड हुने स्थानमा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ । सबै सरकारी, गैरसरकारी कार्यालय तथा मानिसको भीडभाड हुने स्थानमा विमानस्थल, हवाई लगायत सार्वजनिक यातायातमा, गोष्ठी, सेमिनार, बैठकजस्ता भीडभाड हुने कार्यक्रममा मास्कको प्रयोगलाई अनिवार्य गर्ने र स्यानिटाइजरको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
यस्तै कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्न निर्देशन दिँदै खोप लगाउन बाँकी रहेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार