नयाँ व्यवस्थापनमा सनराइज बैंक यसरी बन्दैछ सबल ! अधिकांश सूचक उत्साहजनक
आर्थिक संवाददाता
साउन १२, २०७९ बिहिबार १९:४६:५९
१२ साउन, काठमाडाैं । युवा र सबल व्यवस्थापनको कारणले गर्दा सनराइज बैंक दिन प्रतिदिन प्रगति पथमा अघि बढेको तथ्याङ्कले देखाउन थालेको छ । कम्पनीले आर्थिक वर्ष ०७८/७९ को वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै सबैलाई चकित बनाउन सफल भएको छ ।
खुद मुनाफामा करिब ५० प्रतिशतको वृद्धि निकाल्न सफल यस बैंकले तरलता अभावकै बीचमा पनि निक्षेप र कर्जा प्रवाहमा निकै आकर्षक वृद्धि गर्न सफल भएको छ । गत आर्थिक वर्षमा निक्षेप संकलन करिब २४ प्रतिशतले वृद्धि हुँदा कर्जा प्रवाह करिब २० प्रतिशतले वृद्धि हुन् सफल भएको छ ।
बैंकको संचालक समितिको अध्यक्षमा मोतीलाल दूगड छन् भने संचालक समितिका अन्य सदस्यमा बच्छराज तातेड, मालचन्द दूगड, शैलेन्द्र गुरागाईं, शारदा पुडासैनी शर्मा र दीपक नेपाल छन् ।
बैंक उच्च व्यवस्थापनमा सुमन शर्मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा कार्यरत छन् । युवा तथा सफल बैंकर शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा मास्टर्स डिग्री हासिल गरिसकेका छन् । त्यस्तै सन् २००५ मा नेदरल्याण्डको मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबिए हासिल गरेका शर्मा सन् १९९७ मा नेपाल एसबिआई बैंकबाट आफ्नो बैंकिङ यात्रा शुरु गरेका थिए ।
शर्मा ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंकमा सीईओ, एनएमबि बैंक लगायतमा उच्च व्यवस्थापनमा बसेर काम गरेको अनुभव छ । सनराइज बैंकमा सुमन शर्मा आएपछि बैंकले वित्तीय र व्यवसायिक रुपमा फड्को मारेको यस क्षेत्रका जानकारहरू बताउँछन् । शर्मा आएपछि बैंकभित्रको आन्तरिक व्यवस्थापनपनि निकै सबल भएको चर्चा चल्दै आएको छ। त्यस्तै बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राज्यलक्ष्मी राणा कार्यरत् छन् ।
कम्पनीको आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमास र आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमासलाई दाँजेर हेर्दा :
खुद मुनाफामा आकर्षक वृद्धि :
आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमाससम्ममा १ अर्ब ४४ करोड खुद मुनाफा गर्न सफल यस बैंकले गत आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमाससम्म २ अर्ब १५ करोड खुद मुनाफा पुर्याउन सफल भएको छ । खुद मुनाफामा आकर्षक ४८ प्रतिशत माथिको वृद्धि भएको छ।
मुनाफामा आकर्षक सुधारको कारणले गर्दा पनि कम्पनीको प्रतिशेयर आम्दानीमा निकै राम्रो सुधार देखिएको छ । प्रतिशेयर आम्दानी १५ रुपैयाँ २५ पैसाबाट बढेर २१ रुपैयाँ २६ पैसा पुगेको छ ।
प्रमुख आम्दानीको श्रोतमा ३० प्रतिशतको वृद्धि :
बैंकहरुको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा करिब ३० प्रतिशतको वृद्धि देखिएको छ । आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमाससम्ममा ३ अर्ब ५२ करोड खुद व्याज आम्दानी गर्न सफल यस बैंकले गत आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमाससम्म ४ अर्ब ५८ करोड खुद व्याज आम्दानी पुर्याउन सफल भएको छ ।
संचालन मुनाफामा २० प्रतिशतको वृद्धि :
संचालन मुनाफामा २० प्रतिशतको वृद्धि हुँदै २ अर्ब ७३ करोड पुगेको छ ।
रिटेण्ड अर्निंग ११८ प्रतिशतले बढ्यो :
बैंकको रिटेण्ड अर्निंग ११८ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ४६ करोड पुगेको छ भने जगेडा कोष करिब १२ प्रतिशतले वृद्धि हुँदै ५ अर्ब १४ करोड पुगेको छ ।
निक्षेप संकलन र कर्जा प्रवाहमा आकर्षक वृद्धि :
तरलताले काकाकुल भएको बेलामा सनराइज बैंकको निक्षेप संकलन र कर्जा प्रवाहले धेरैजना चकित भएका छन् । एक वर्षको अवधिमा बैंकको निक्षेप संकलन २३ दशमलव ६५ प्रतिशतले वृद्धि हुँदै १ खर्ब ३१ अर्ब पुगेको छ भने कर्जा प्रवाह १९ दशमलव ५६ प्रतिशतले वृद्धि हुँदै १ खर्ब २० अर्ब पुगेको छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
हाई कमाण्डमा देउवा र ओली, उच्चस्तरीय राजनीतिक संयन्त्रको अण्डरमा तीन वटा कार्यदल
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार