मधेस प्रदेशबाट सशस्त्र प्रहरीले गर्यो ३ करोडभन्दा बढी स्रोत नखुलेको नेपाली रुपैयाँ र नक्कली नोट बरामद
आबिद हुसेन
साउन १२, २०७९ बिहिबार १८:३:५७
१२ साउन, बीरगञ्ज । सशस्त्र प्रहरीले गएको आर्थिक वर्षमा मधेस प्रदेशका ८ जिल्लाबाट स्रोत नखुलेको ३ करोड रुपैयाँभन्दा बढी नेपाली रुपैयाँ बरामद गरेको छ । सशस्त्र प्रहरीको मधेस प्रदेश मुख्यालय छिन्नमस्ता बाहिनी र अन्य ८ जिल्लामा रहेका जिल्लास्थित कार्यालयबाट गएको आ.ब. २०७८/०७९ मा स्रोत नखुलेको ३ करोड २० लाख ३६ हजार रुपैयाँ बरामद गरेको हो ।
सशस्त्रले यही अवधिमा स्रोत नखुलेको १७ लाख ६१ हजार भारतीय रुपैयाँ पनि बरामद गरेको मधेस प्रदेश मुख्यालय छिन्नमस्ताका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) गणेश ठाडा मगरले नेपालबहसलाई जानकारी दिए । स्रोत नखुलेको नेपाली रुपैयाँ सबैभन्दा धेरै धुनषाबाट बरामद भएको पनि डीआईजी मगरले जानकारी दिए ।
नम्बर ८ गण हेडक्वाटर धनुषाले गएको आर्थिक वर्षमा स्रोत नखुलेको नेपाली रुपैयाँ ९७ लाख ४ हजार ५ सय बरामद गरेको हो । यस्तै ५८ लाख रुपैयाँ नम्बर ११ गण हेडक्वाटर रौतहटले तथा बाहिनीकै सक्रियतामा विभिन्न ठाउँबाट ४९ लाख ५१ हजार, नम्बर ९ गण हेडक्वाटर महोत्तरीले ४४ लाख २४ हजार, नम्बर १० गण हेडक्वाटर सर्लाहीले २३ लाख ८३ हजारस्रोत खुल्न नसकेको नेपाली रुपैयाँ बरामद भएको हो ।
यसैगरी नम्बर ७ गण हेडक्वाटर सिराहाले १४ लाख २८ हजार, नम्बर १३ गण हेडक्वाटर पर्साले १२ लाख र नम्बर १२ गण हेडक्वाटर बाराले जम्मा ६४ हजार स्रोत खुल्न नसकेको नेपाली रुपैयाँ बरामद गर्न सफल भएको नायव महानिरीक्षक मगरले जानकारी दिए । जसमध्ये नम्बर १३ गण हेडक्वाटर पर्साले ६ लाख भारतीय रुपैयाँ पनि यही अवधिमा बरामद गरेको छ । धनुषा र महोत्तरीले समान ४/४ लाख स्रोत खुल्न नसकेको भारतीय रुपैयाँ बरामद गर्दा बाराले ३ लाख र सर्लाहीले ४९ हजार रुपैयाँ बरामद गरेको पनि उनले जानकारी दिए ।
बजारमा छ्याप्छ्याप्ती नेपाली नक्कली नोट
सशस्त्र प्रहरीले गएको आर्थिक वर्षमा ठूलो मात्रामा नेपाली नक्कली नोट पनि बरामद गरेको छ । बजारमा नेपाली नक्कली नोट छ्यापछ्याप्ती रहेको यो तथ्यांकले पनि देखाएको छ ।
सशस्त्र प्रहरीले मधेस प्रदेशबाट मात्रै ७ लाख ६४ हजार ५ सय रुपैयाँ नेपाली नक्कली नोट फेला पारेको छ । जसमा सबैभन्दा बढी छिन्नमस्ता बाहिनीले नै ५ लाख ९७ हजार रुपैयाँ नेपाली नक्कली नोट बरामद गरेको छ भने सर्लाहीले १ लाख १७ हजार, रौतहटले ५० हजार र पर्साले ५ सय बरामद गरेको छ ।
भारतीय नक्कली नोट पहिले बजारमा छरिएको भेटिने गरेको भएपनि हालका दिनमा नेपाली नक्कली नोटकै बढी विगविगी रहेको सशस्त्र प्रहरीले बरामद गरेको नक्कली नोटको तथ्यांकले स्पष्ट पारेको छ । सशस्त्र प्रहरीले यही अवधिमा ५१ हजार रुपैयाँ भारतीय नक्कली नोट बरामद गरेको छ । यो नेपाली नक्कली नोटको तुलनामा न्यून देखिन गएको छ ।
आफू मातहतको प्रदेशको टोली सीमा सुरक्षाका साथै तस्करी तथा अपराधिक गतिविधि नियन्त्रण गर्न खटिएको भन्दै डीआईजी मगरले त्यसैको परिणाम यति ठूलो मात्रामा स्रोत नखुलेका र नक्कली नोट बरामद गर्न सफल भएको बताए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार