बुढ्यौलीमा एसइई उत्तीर्ण
नेपालबहस संवाददाता
साउन १२, २०७९ बिहिबार १८:१:२५
१२ साउन, म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गरेका छन् । विसं २०७८ को एसइईउत्तीर्ण गरेका बेनीको उज्यालो वैकल्पिक विद्यालयमा अध्ययन गरेका तीन जना प्रौढहरूले इच्छाशक्ति भएमा शिक्षा हासिल गर्न उमेर बाधक नहुने सन्देश दिएका हुन् ।
बैसठ्ठी वर्षीया रेणुदवी मल्लले १.८६, ५१ वर्षीया योगमाया गौतमले १.५५ र ४३ वर्षीया दिलशोभा पुनले २.१० जिपिए ल्याएर यसपालिको एसइई उत्तीर्ण हुनुभएको विद्यालय संचालक समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए ।
जलजला गाउँपालिका–३ वारीबेनीका मल्लले कक्षा ५ पढ्दा आमाको निधन भएपछि विद्यालय छाडेकी थिईन् । “आमाको निधन भएपछि भाइबहिनी साना भएकाले पढ्न पाएको थिइनँ”, उनले भनिन्, “सामाजिक संघसंस्थामा काम गर्दा पढाइको आवश्यकता महसुस गरेर उज्यालो विद्यालयमा पढेर एसइईमा सहभागी भएको थिए । सफल भएँ खुसी लागेको छ ।”
वारीबेनीको आमा समूह र विभिन्न उपभोक्ता समितिमा रहेर काम गरेकी मल्लले साथी भएमा माथिल्लो कक्षाको अध्ययनलाई निरन्तरता दिने बताईन् । उज्यालो वैकल्पिक विद्यालयबाट दोस्रो समूहमा पाँच जनाले फारम भरेकामा तीन जना सहभागी भएका थिए ।
विभिन्न कारणले बीचैमा पढाइ छाडेका औपचारिक शिक्षाबाट बञ्चित प्रौढहरूलाई १० कक्षासम्मको शिक्षाको अवसर दिलाउन विसं २०७३ देखि वैकल्पिक विद्यालय संचालन भएको थियो । गत वर्ष सो विद्यालयबाट नौ जना प्रौढ महिलाले एसइई उत्तीर्ण भएका थिए ।
विद्यालयमा अध्ययनरत आमाहरूले अंक अक्षर चिन्न, लेख्न पढ्न नसक्दा मोबाइल चलाउन, कतै जाँदा ठाउँ चिन्न र भेला बैठकमा सहभागी हुँदा हस्ताक्षर गर्न ल्याप्चे लगाउनुपर्ने समस्याबाट मुक्ति मिलेको बताएका छन् । हाल ४० जना अध्ययनरत विद्यालयमा सात जना सहजकर्ता छन् । मासिक रु ७५ हजार खर्च हुने विद्यालय संचालनका लागि बेनी नगरपालिकाले सघाएको छ । नगरपालिकाको सहयोगका अतिरिक्त दाताले पनि सहयोग गर्दै आएका छन् ।
गत वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको एसइईमा जिल्लाबाट दुई हजार २४५ सहभागी भएका थिए । बेनी –९ गलेश्वरको जडभरत शालग्राम गण्डकी संस्कृत माविबाट नौ जनाले जिल्लामै पहिलोपटक संस्कृति विषयबाट एसइईमा सहभागिता जनाएका थिए । उनीहरूले २।२५ देखि ३.० जिपिए ल्याएका छन् ।
सार्वजनिक नतिजाअनुसार बेनीको लिटिल गार्डेन एकेडेमीका बब्लु शाह र उत्सव सापकोटाले ३.९५ जिपिए ल्याएका प्रिन्सिपल दीपक सुवेदीले बताए । बेनीको प्रकाश माविका प्रेम श्रेष्ठले ३.९०, प्रविन सुवेदी र प्रकृति सुवेदीले ३.८५ जिपिए ल्याएर सामुदायिक विद्यालयतर्फ जिल्ला प्रथम र द्विृतीय भएका निमित्त प्रधानाध्यापक लेखबहादुर हमालले दाबी गरेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
स्वर्णलक्ष्मी सहकारी ठगी: रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित
पुष २८, २०८१ आइतबार
सहकारी ठगी प्रकरण : रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै
पुष २८, २०८१ आइतबार
दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको युक्रेनको दावी
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ति नजिकीएसँगै सखरखण्डर र पिँडालुको मूल्य आकाशियो
पुष २८, २०८१ आइतबार
आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने, दिउँसो पत्रकार सम्मेलन
पुष २८, २०८१ आइतबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार